Logo

पतिको नि’धनपछि सिन्दूर–पोतेसहित काजकिरियामा


रेनुका नेपालले पतिको नि’धनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छन्। उनका पति केशव नेपालको मिर्गौला रो’गका कारण शनिबार ६१ वर्षको उमेरमा नि’धन भएको थियो। १७ दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घा’इते भएका उनको त्यसपछि मिर्गौलामा स’मस्या थपिएको थियो।

बिएन्डसी र नोबेल हस्पिटलमा उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नभएको उनको शनिबार नि’धन भएपछि स्थानीय देउनिया घाटमा दा’हसंस्कार गरिएको थियो। दा’हसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलन छ तर रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने बताउँदै सेतो लुगामा घर फर्किइन्।

हाल निजी निवासमा पतिको कि’रिया गरिरहेकी उनको यो निर्णयलाई परिवार, छरछिमेकी र देख्नेसुन्नेले साहसिक निर्णय भन्दै समर्थन जनाएका छन्। ‘यो मेरा पतिले सौभाग्यको रूपमा दिनुभएको हो’, पतिको नि’धनपछि पनि सिन्दूर र पोते लगाउनुको कारण बताउँदै उनले भनिन्, ‘उहाँले म मरेपछि तिमीले सिन्दूर नपुछ्नु र पोते नफुकाउनु भन्नुभएको थियो।’

रेनुकाका देवर टीकाराम नेतीले दाजुको इच्छाबमोजिम भाउजूले सिन्दूर र पोते लगाइरहने निर्णय लिएकोमा परिवारको तर्फबाट असहमति नरहेको बताए। वीरता जेसिजका पूर्वअध्यक्ष सजेश शिवाकोटीले रेनुका नेपालले समाज परिवर्तनका लागि साहसिक निर्णय लिएको र त्यसबाट युवा पुस्तालाई प्रेरणा मिलेको बताएका छन्।’सुरू कसैले गर्नैपर्छ, सलाम र सम्मान छ भाउजू’, शिवाकोटीले सामाजिक सञ्जालमा लेखेका छन्।’

श्रीमान्ले दिए जति सबै उनको मृ’त्युपछि त्यागी नै हाल्ने हो भने सँगै जोडिने थर, नानी बालबच्चा आदि नि त्याग्दै हिँड्न सम्भव छैन, त्यसैले उहाँको साहसलाई मान्नैपर्दछ”, सामाजिक सञ्जालमा समर्थन जनाउँदै लोकु चापागार्इँले लेखेका छन्। रेनुकाको साहसिक कार्यलाई सामाजिक सञ्जालमार्फत समर्थन र हौसला दिनेहरू बढिरहेका छन्।

विराट सामुदायिक अध्ययन केन्द्र विर्तामोडका अध्यक्ष मोहन शिवाकोटीले १०० वर्षपछिको समाजको सोचलाई आजै परिवर्तन गरिदिएको भन्दै सामाजिक सञ्जालमा ‘यो पनि याद गर्नुहोला, तपाईँको कुरा काट्नेहरू पनि समाजमा धेरै छन्, केही फरक पर्दैन किनकि तिनकै सन्तान कुनै दिन तपाईँको अनुयायी हुनेछन्’ लेखेका छन्।

रेनुकाका दि’वगंत पति केशव नेपाल कुनै नेता तथा पदीय ओहोदामा रहेका व्यक्ति होइन। उनी विर्तामोडस्थित आफ्नै घरमा सानो पसल चलाउँथे। रेनुका सामान्य गृहिणी हुन्। उनीहरूका दुई छोरा र दुई छोरी छन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्