Logo

“पदभन्दा महत्वपूर्ण गणतन्त्र र पार्टी एकता हो” आवश्यक परे त्याग गर्न तयार छु:अध्यक्ष प्रचण्ड


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदभन्दा गणतन्त्र र पार्टी आवश्यक भएकाले आवश्यक परे त्याग गर्न तयार हुने बताएका छन् ।

स्थायी कमिटीको आजको बैठकमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।“पदभन्दा महत्वपूर्ण गणतन्त्र र पार्टी एकता हो आवश्यक परे जो कसैले पनि त्याग गर्न तयार हुनुपर्छ म त्यसका लागि तयार छु भनेर भन्नुभयो,” दाहालको भनाइ उद्धृत गर्दै स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले भने, “हामी जो कोही पनि त्याग गर्न तयार हुनुपर्छ भन्ने उहाँको धारणा थियो ।

”बैठकपछि स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अध्यक्ष दाहालले पार्टी एकतामै जोड दिएको जानकारी दिए । एकताको विकल्प एकता नै हो भनेर दाहालले भनेको पनि गजुरेलले जानकारी दिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्