Logo

राजसंस्था र हिन्दूराष्ट्र ल्याएरै छोड्छौ: राजेन्द्र लिङ्देन


राजसंस्था र हिन्दूराष्ट्रको पुनस्र्थापना, संघीयताको खा’रेजी, भ्र’ष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता लगायतका विषयमा केन्द्रित रहेर झापामा पनि राप्रपाले प्रदर्शन गरेको छ ।

विभिन्न पालिकाबाट निस्केका मोटरसाइकल र्याली काँकडभिट्टामा भेला भएर एकैसाथ बिर्तामोड आएको थियो । बिर्तामोडमा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै राप्रपाका नेता राजेन्द्र लिङ्देनले राजसंस्था नेपालका लागि आवश्यक रहेको जनाउँनुभयो ।

हिन्दुराष्ट्र कुनै जात विशेषले मान्ने धर्म मात्र नभएर नेपाली जनताको एकता, गौरब र पहिचानसँग सम्बन्धित विषय रहेको उहाँको भनाइ थियो । नेता लिङ्देनले संघीयता नेपालजस्तो सानो देशले धान्न नसक्ने बताउँदै राप्रपाको बलियो संगठन रहेको झापा जिल्लासँगै देशभर भइरहेको प्रदर्शनमा ऐक्यबद्धता व्यक्त गर्न कार्यक्रमको आयोजना गरिएको बताउँनुभयो ।

देशलाई आवश्यक परेको खण्डमा सबै आ’न्दोलनको नेतृत्व गरेको राजधानीमा गएरै आफूहरु आन्दोलन गर्न तयार रहेको नेता लिङ्देनले बताउँनुभयो । दुईतिहाइ मत पाएर देशका अध्यक्ष बनेका दुई नेताहरु नै एक–अर्कालाई भ्र’ष्टाचारी र ह’त्याराको आरोप लगाएर बसेका छन्, यो कस्तो व्यवस्था हो ? लिङ्देनले प्रश्न गर्नुभयो । राजा आएपछि सबै जादुमय तरिकाले परिवर्तन हुने होइन तर, राजसंस्थाको पुनःस्र्थापना भएपछि देशमा शान्ति र स्थिरता कायम हुने उहाँको भनाइ थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्