Logo

स्थायी कमिटीमा प्रधानमन्त्री नजाने भन्ने प्रश्नै हुँदैन:नेम्वाङ


सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता सुवास नेम्वाङले भोलि (आइतबार) बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने बताएका छन् ।

सचिवालय बैठकपछि कुराकानी गर्दै नेम्वाङले भोलि दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको बताउँदै प्रधानमन्त्री नजाने भन्ने प्रश्न नरहेको बताए । “भोलि स्थायी कमिटी बैठक बस्ने भनेर खबर आएको छ । प्रधानमन्त्री उपस्थित हुनुहुन्छ,” उनले भने ।

स्रोतका अनुसार स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको दुवै दस्तावेजहरू प्रस्तुत हुनेछन् । ती दस्तावेजलाई कार्यदल बनाएर टुङ्गो लगाउने विषयमा एकखालको समझदारी जुटिसकेको स्रोतको जिकिर छ ।

“कार्यदल बनाउने दिशातिर नै जाला । सचिवालयमै त्यो प्रयास भएको हो । त्यहाँ कुरा नमिलेपछि स्थायी कमिटी बैठकमा सम्भावना छ,” एक नेताले जानकारी दिए । स्थायी कमिटी बैठक आइतबार दिउँसो १ बजे धुम्बाराहीमा बोलाइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्