Logo

औषधि व्यवस्था विभागले मापद’ण्ड वि’परीत सञ्चालनमा रहेका औषधि पसल बन्दगर्दै


औषधि व्यवस्था विभागको वीरगञ्ज कार्यालयले सरकारले तोकेको मापदण्डवि’परीत सञ्चालनमा रहेका आधा दर्जन क्लिनिक तथा औषधि पसल ब’न्द गराएको छ ।

कार्यालयका अनुसार बाराको गढीमाई नगरपालिकाको वरियारपुर बजारमा गरिएको बजार अनुगमनमा मापदण्डविप’रीत सञ्चालनमा रहेका प्राथमिक स्वास्थ्य क्लिनिक, गोविन्द हेल्थ क्लिनिक, कुशवाहा भेट फर्मा, सपना स्वास्थ्य क्लिनिक, तरुण भेट फर्मा, तथा ठाकुर सर्जिकल औषधि पसल ब’न्द गरी आवश्यक कार’वाही प्रक्रिया अगाडि बढाइएको उक्त कार्यालयका निमित कार्यालय प्रमुख भाग्यनारायण सिंहले जानकारी दिए ।

कतिपयले नेपालमा प्रतिब’न्धित औषधि राखेर बिक्री गरेको पाइएको, म्याद सकिएका औषधि बिक्रीका लागि राखेको र औषधि व्यवस्था विभागमा पसल दर्तासमेत नभएको अनुगमनका क्रममा फेला परेको सिंहले बताए । का’रवाही प्रक्रिया पूरा नभएसम्म कारोवार नगर्न आदेश गरिएको बताइएको छ । रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्