Logo

नेकपाको विवा’दमा सैद्धान्तिक, वैचारिक, राजनीतिक र तथ्यगत विषयको टुङ्गो लाग्नुपर्छ:गोकुलप्रसाद बाँस्कोटा


पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपामा अहिले पद चाहिने पार्टीको आउँदो महाधिवेशन कुर्नुपर्ने बताएका छन्।

नेपाल सरकार तथा एशियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगबाट राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना एकाइ (शिक्षा)को वि’पद् उत्थानशील विद्यालय परियोजनामार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ सापिङस्थित रिठ्ठेमा शुक्रबार सेतीदेवी माध्यमिक विद्यालयको तीनतले १२ कोठे नवनिर्मित भवनको उद्घाटनका क्रममा उनले नेकपामा पदको चाहना गर्नेले धैर्यता राखेर महाधिवेशन कुर्नुपर्ने बताएका हुन्।

नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्यसमेत रहेका बाँस्कोटाले महाधिवेशन कुर्न पनि धैर्यताको वैज्ञानिक आधार हुनुपर्ने उनको भनाइ छ। ‘पार्टीभित्र व्यक्तिगत आ’रोप–प्रत्यारो’पमा उत्रनु हुन्न, यसले स’मस्या झन बल्झाउँछ, तथ्यगत रुपमा बहस–विमर्श हुनु जरुरी छ’, उनले भने।

उनले नेकपा मिलाउने जिम्मा नेकपाकै भएकाले नेकपा नफु’ट्ने दाबी गरे।’नेकपा फुट्न पनि सक्दैन, फुट्न पनि दिइने छैन’, उनले भने।

बाँस्कोटाले नेकपामा विवा’दमा अधिकतम सैद्धान्तिक, वैचारिक, राजनीतिक र तथ्यगत विषयको टुङ्गो लाग्नुपर्ने बताए।’जनताको चाहना नेकपा एक भएको हेर्ने नै छ, छ–छ महिनामा सरकार फेरिएको हेरिरहेका जनताले पाँचवर्षे एउटै सरकार भएको हेर्ने चाहना हो, त्यसमा पनि राजनीतिक स्थिरता मूल कुरा हो’, उनले भने। (रासस)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्