Logo

नेकपामा गुठको भेला तिब्र, आज दाहाल नेपाल गुठको भेलामा अष्टलक्ष्मी शाक्यले भनिन : बैठक देखी ओलिले भाग्न पाउनुहुन्न


काठमाडौँ — नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले सचिवालय बैठकमा नगए प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई नै नोक्सान हुने बताएकी छिन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीको भेलामा शाक्यले निकास बैठकबाटै निकाल्नुपर्नेमा जोड दिइन् ।

कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावको जवाफ दिने अनि छलफलमा सहभागी हुन्न भनेर ओलीले भाग्न नमिल्ने उनको तर्क छ । दुई अध्यक्षको फरक–फरक प्रतिवेदन आउँदैमा पार्टी विग्रहमा नजाने उनको दाबी छ ।

सचिवालय बैठकमा दुवै प्रतिवेदनमाथि गम्भीरतापूर्वक छलफल हुनुपर्ने उनको भनाइ छ । पार्टीलाई एकढिक्का कसरी बनाउने भन्ने विषयमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने उनले बताइन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्