Logo

राजसंस्था पक्षधरको प्रदर्शनमा ‘ब’म हान्ने’ विप्लव समूहको चे’तावनी


नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय ‘राजसंस्था’को पक्षमा भइरहेको प्र’दर्शनप्रति ध्यानाकर्षण भएको बताएको छ। विप्लवको नेकपाले ‘दक्षिणप’न्थी भासमा डुबिसकेको’ वर्तमान केपी ओली नेतृत्व सरकारकै कारण ‘तत्कालिन सा’मन्तवा’दी सत्ताका नाइके’ले टाउको उठाउने प्रयास गरेको टिप्पणी गरेको छ।

विप्लवको नेकपाका एक केन्द्रीय नेताले ‘राजसंस्था’को पक्षमा ‘केही प’श्चगामी तत्व’ले प्रदर्शन गरेकोप्रति पार्टी ग’म्भीर रहेको बताएका हुन्। उनले देशमा सं’कट आउने परिस्थितिमा आफ्नो पार्टी चुप लागेर नबस्ने पनि प्रष्ट पारेका छन्।

‘तत्कालिन शा’सक ज्ञानेन्द्र शाहको शासन उनको व्यापारिक चरित्र, अदुरदर्शिता र स्वाभिमानी नेपाली जनतामाथि उनले गरेको द’मनले ढ’लेको हो, यो कुरा ३ करोड नेपाली जनतालाई थाहा छ, अब फेरि ज्ञानेन्द्र वा उनका छोरा–नातीलाई शासक बनाउने कुरा स्वाभिमानी नेपाली नागरिकलाई स्वीकार्य हुँदैन,’ ती नेताले भने।

जनता समाजवादी पार्टीबाट ब’र्खास्तीमा परेकी सरिता गिरीको प्रसंग उल्लेख गर्दै ती नेताले पूर्वराजा ज्ञानेन्द्र शाह, उनका छोरा पारस शाह र उनको परिवारका अन्य सदस्यबाट देशलाई झनै ठूलो ख’तरा रहेको बताएका छन्।

‘ज्ञानेन्द्रले यो प्रदर्शनसँग आफ्नो सरोकार छैन भनिसकेको प्रतिप्रेक्ष्यमा भारतको राजस्थानमा जन्मिएकी भारतीय चेली नेपालकी बुहारी हिमानी शाह र तिनका सन्तानलाई सत्तामा राख्न कसरी मिल्छ ?,’ ती नेताले प्रश्न गर्दै भने, ‘हेक्का रहोस्, भारतीय चेली सरिता गिरीभन्दा अर्की भारतीय चेली हिमानी शाहबाट नेपाल देशलाई बढी ख’तरा छ।’

‘जनकारबा’ही गर्छौं’

संगठन विस्तार, भूमिगत गतिविधि तथा भूमिगत रुपमै छापामा’र निर्माण गरिरहेको विप्लव नेतृत्वको नेकपाले ‘राजसंस्था’ पक्षधरको भइरहेको प्रदर्शन अविलम्ब रोक्न माग गरेको छ। साथै, प्रदर्शन नरो’किए युवा परिचालन गरी जनकारबाही गर्ने चेता’वनी पनि विप्लव नेकपाले दिएको छ।

‘पश्चिमाहरूबाट डलर लिने र सा’मन्तहरूको पक्षपो’षणमा लाग्नेहरूको सूची तयार भएको छ,’ विप्लवको नेकपाका केन्द्रीय नेताले भने, ‘अब जनकारबा’ही हुन्छ।’ जनकारबाही कस्तो हुन्छ भन्ने प्रश्नमा ती नेताले पहिले चे’तावनी दिने र चेतावनीले नभए सशक्त प्र’तिरोधमा उत्रिने बताएका छन्।

‘हामीलाई शान्तिको भाषा पनि आउछ, यु’द्धको भाषा पनि आउछ, बोलीले बुझेनन् भने ब’न्दुक र ब’मले सम्झाउन हामी बाध्य हुने छौं,’ ती नेताले भने।

यस्तो छ प्रहरीको तयारी

पछिल्लो समय विप्लवका भू’मिगत गतिविधि र ‘राजसंस्था’ पक्षधरको प्रदर्शनका सन्दर्भमा नेपाल प्रहरी ग’म्भीर बनेको छ। त्यसैले जुनसुकै अवस्थामा पनि प्रहरीले स्थिति सामान्य बनाउन आफूलाई तयार राखेको छ।

महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी प्रदीपकुमार श्रेष्ठले कुनै समूहबाट हुन सक्ने हरेक घटनालाई प्रहरीले गाम्भीर्यताका साथ लिएको बताएका छन्।

‘हाम्रो तयारी २४सैं घण्टा छ, कहीँ केही हुँदा प्रहरी तैनाथ छ, भोलि पनि यो समूहबाट केही हुन्छ कि भन्ने विषयमा खबर संकलन भइसकेको छ, हाम्रो नलेजमा त्यो कुरा छ, केन्द्रमा पनि हामीले जानकारी गराएका छौं, त्यहीअनुसार शान्ति सुरक्षा कायम गर्न सम्पूर्ण कुरा तयारै छ,’ एसएसपी श्रेष्ठले भने।

नेपाल प्रहरीले सबै किसिमका सं’यन्त्र परिचालन गरेर शान्तिसुरक्षाको प्रबन्ध गर्ने गरी टिम परिचालन गरेको छ। साथै विप्लवको नेकपाले ‘सामान्य अ’वरोध’सम्म गर्न सक्ने आँकलन प्रहरीले गरेको छ।

‘कुनै अ’प्रिय घटना हुन नदिन इन्टेलिजेन्स नेटबर्कको टिममा काम गर्ने मान्छे सक्रिय छन्, हामीले सूचना पनि संकलन गरिरहेका छौं, कहीँ त्यस्तो भएमा तत्कालै प्रहरीले आफ्नो काम गर्ने छ,’ श्रेष्ठले भने।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्