Logo

नेपालले जुन उचाइबाट सीमा स’मस्याको कुरा राख्नुपर्ने हो त्यो राखेको छ: परराष्ट्रमन्त्री ज्ञवाली


परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल भारतबीच लामो समयदेखि रहेको संवादही’नता अन्त्य भएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले नक्सा प्रकाशनपछि बन्द भएको संवादही’नता अन्त्य भएको बताएका हुन् ।

समितिमा सांसदहरुले भारतीय विदेशसचिव र चीनका रक्षा मन्त्रीको भ्रमणबारे प्रश्न गरेका थिए । जवाफमा मन्त्री ज्ञवालीले चीनीयाँ रक्षामन्त्रीको भ्रमण नियमित भएको बताए ।

त्यस्तै, भारतीय विदेश सचिवको भ्रमणले नपाल भारतबीच लामो समयदेखि रहेको संवादही’नता अन्त्य भएको उनले बताए । मन्त्री ज्ञवालीले बैठकमा दोस्रो सीमा स’मस्यालाई औपचारिक रूपमा दुवै देशले स्वीकार गरेको र नेपालले औपचारिक रूपमा सीमा स’मस्यालाई एजेन्डाका रूपमा राखेको बताएका थिए ।

नेपालले जुन उचाइबाट सीमा स’मस्याको कुरा राख्नुपर्ने हो त्यो राखेको उनको भनाइ थियो । नेपाल भारत सम्बन्ध स’मस्यालाई वार्ताबाट समाधान गर्ने र सम्बन्धलाई सुदृढ गर्ने बाटोमा अगाडि बढेको उनले जानकारी गराए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्