ओली पक्ष प्रचण्डलाई मनाउने कोसिसमा

पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको द्व’न्द्व मिलाउन नेकपाका नेताहरुले दौडधुप थालेका छन् । शुक्रबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
उनी ओलीको सन्देश बोकेर खुमलटार पुगेको बताइन्छ । भेटमा पार्टीको वि’वाद र यसको समाधानबारे कुराकानी भएको थियो । सो क्रममा पोखरेलले प्रचण्डलाई दुई अध्यक्षबीच छलफल गरेर अघि बढ्न आग्रह गरेको स्रोतल जानाकारी दिएको छ ।
“पार्टीमा जुन सं’कट सिर्जना भएको छ । त्यो बारे सोचौं। अहिले बेठिक कुरा भएका छन् । दुई अध्यक्षबीच सल्लाह गर्नुस् । बेठिक भएको कुरालाई सच्याउनुस्, पोखरेलले प्रचण्डलाई भनेका थिए ।
भेटमा प्रचण्डले आफूहरुले छलफल गर्ने र सहमतिमा जाने आश्वासन दिएका छन् । बिहीबार महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
कुराकानीका क्रममा प्रचण्डले सहमतिमै अगाडि बढ्ने आश्वासन दिएका थिए । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो १ बजे तय गरिएको छ । त्योभन्दा अघि ओली पक्षले प्रचण्डलाई मनाउने कोसिस थालेको छ ।