Logo

“म नागरिकहरूलाई सय दिनसम्म मास्क लगाउन भन्ने छु”: बाइडन


अमेरिकाको नयाँ राष्ट्रपति पदमा निर्वाचित भएका जो बाइडनले शीर्ष अमेरिकी सं’क्रामक रो’ग विशेषज्ञ एन्थोनी फाउचीलाई आफ्नो प्रमुख स्वास्थ्य सल्लाहकार बनेर को’रोनावि’रूद्धको अमेरिकी लडाईंमा निरन्तरता दिन भनेका छन्। डा .फाउची वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाविरूद्ध बनाएको टास्क फोर्सका प्रमुख हुन्।

बाइडनले जनवरी २० नयाँ अमेरिकी राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्दै छन्। अमेरिकी समाचार च्यानल सिएनएनलाई दिएको अन्तरवार्तामा बाइडनले आफू र आफ्नो टोलीले बिहीबार फाउचसँग कोरोना वि’रूद्धको आगामी रणनीतिका बारेमा कुरा गर्दै सो प्रस्ताव गरेको बताएका हुन्। ‘मैले उनलाई पूर्वराष्ट्रपतिहरूको पालामा झैं अहिलेकै भूमिकामा बस्न र मैले मेरो प्रमुख स्वास्थ्य सल्लाहकार तथा कोभिड टिमको सदस्य बन्न भनेको छु’, बाइडनले भने।

कोरोना महामा’री सुरू भएपछि फाउचीका सल्लाहहरूलाई ट्रम्पले नजरअन्दाज गरेका थिए। एकपटक त ट्रम्पले फाउचीलाई जिम्मेवारीबाट हटाउनेसम्मको ध’म्की दिएका थिए। यध्यपी उनले त्यस्तो भने गरेनन्। कोरोनाविरू’द्धको लडाईंमा ट्रम्पको भूमिका आलोचित भएको थियो।

निर्वाचनमा उनको प’राजयका लागि यसलाई पनि प्रमुख कारण मानिएको छ।त्यसैगरी अन्तरवार्तामा बाइडनले फाउचीले सुरक्षित हुने बताएपछि सार्वजनिकरूपमै कोरोनाविरू’द्धको खोप लिने बताए।’अमेरिकी नागरिकलाई यो सुरक्षित छ, लगाउन हुन्छ भन्ने सन्देश दिनु महत्वपूर्ण छ’, उनले भने।

आगामी साताहरूबाट कोरोनाविरू’द्धको खोप प्रयोगमा ल्याइने समाचारहरूकाबीच अमेरिकामा सं’क्रमितहरूको संख्यामा पछिल्लो समय धेरै वृद्धि देखिएको छ।स’क्रमणका कारण मानिसहरू अस्पताल भर्ना हुने र ज्यान गुमाउने क्रम बढेको छ। रोयटर्सले आफ्नो तथ्यांक अनुसार बुधबार करिब २ हजार ८ सय ११ जनाको कोरोनाबाट मृ’त्यु भएको छ।

उसका अनुसार यो मृ’त्यु अमेरिकामा महामा’री सुरू भएयता एकैदिन भएको दोश्रो धेरै मृ’त्यु हो। सिएनएनसँग बाइडनले आफूले राष्ट्रपतिको कार्यभार सम्हाल्ने बित्तिकै संघीय भवनको साथमा बस र विमान लगायतका अन्तर-राज्य यातायातमा अमेरिकी नागरिकले अनिवार्य मास्क लगाउनुपर्ने आदेश दिने बताए। ‘म नागरिकहरूलाई सय दिनसम्म मास्क लगाउन भन्ने छु’, बाइडनले भने, ‘सँधैलाई होइन मात्र सय दिनलाई।’

एजेन्सी,वासिङ्टन

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्