Logo

हिजो जनताको माग सडक कालोपत्र गर्ने थियो, आज छ लेनको सडक:मन्त्री नेम्बाङ


भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले मन्त्रालयमा तुलनात्मकरुपमा गत वर्षभन्दा राम्रो प्रगति देखिएको बताएका छन् । आर्थिक वर्ष २०७७/७८ को पहिले चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास स’मस्या समाधान समिति बैठकमा उनले मातहतका निकायलाई अहिले नै सन्तोष हुन सकिने अवस्था नरहेको भन्दै अझै धेरै गर्न सकिने औँल्याए ।

मन्त्री नेम्वाङले विकास निर्माणमा देखिएका स’मस्या मिहिनरुपमा पहिचान गर्न सकिए समाधान त्यही भेटिने बताए । उनका अनुसार स’मस्याको सहीरुपमा उजागर हुन नसके समाधान गर्न सकिँदैन ।

उनले भौतिक पूर्वाधार मुलुकको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा ठूलो बजेट हुनु र खर्चको अपेक्षा गरिनु स्वाभाविक रहेको बताए ।

उनले पूर्वाधार निर्माणका क्षेत्रमा विगत एक दशकमा ठूलो परिवर्तन भएको पनि जिकिर गरे । राज्य र जनताका अपेक्षा धेरै भएकाले राज्यको जिम्मेवार निकायमा बसेकाले आफूले कति गरेको छु भनी स्वमूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ ।

समयानुसार विकासको माग र मोडेल फरक हुने उनले बताए । उनले भने, “हिजो जनताको माग सडक कालोपत्र गर्ने थियो, आज छ लेनको सडक अनि पहाडमा सुरुङको आवश्यकता भएको छ ।” सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले भौतिक पूर्वाधार क्षेत्र महत्वपूर्ण क्षेत्र भएको बताए ।

भौतिक पूर्वाधार मन्त्रालय स्थलगतरुपमा काम गर्ने मन्त्रालय भएको र सोहीअनुसार काम पनि गरिरहेको उनले जनाए । मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले मातहतका निकायलाई थप लगनशीलताका साथ काम गर्न निर्देशन दिए । उनले आयोजना प्रमुखलाई कार्यस्थलमा समय दिन समेत आग्रह गरे । रासस

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्