ठमेलमा रा’त्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग

काठमाडौँ: ठमेल क्षेत्रका पर्यटन व्यवसायीले रा’त्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।
कोरोना भाइरसका कारण आठ महिनादेखि बन्द रहेको रात्रिकालीन व्यवसाय सामाजिक मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन् ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले लामो समयदेखि बन्द रहेको ठमेलको रा’त्रिकालीन व्यवसाय अब पनि नखोल्ने हो भने रोग’लेभन्दा भो’कले मर्नुपर्ने अवस्था आउने बताए । ठमेलको रा’त्रिकालीन व्यवसाय पूर्णरुपमा खोल्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष राणाले ठमेललाई खुलाउनका लागि सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउँदासमेत सुनुवाइ नभएकाले ठमेलका व्यवसायी वि’रोधमा उत्रिनुपरेको बताए । ठमेल खोल्नका लागि सरकाले चाँडो निर्णय गर्नुपर्ने राणाले उल्लेख गरे । रासस