Logo

कोर्शिका र नेपोलियन-नियात्रा


-भीम राई

हाम्रो दाम्पत्य जीवनको भर्याङ बिस बर्षे उकालिमा चढदै थियो । तिनै बिशौं बैबाहिक बार्षिकोत्सव मनाउनका लागि पानीजहाज यात्रामा जाने ताराले निर्णय गरेपछि, ११ मार्च २००७ मा हामी बार्सोलोना पुगेका थियौं ।

अर्कोदिन थोम्पसनको एउटा पानीजहाज ‘आइल्याण्ड एस्कयाप’ चढेर बार्सोलोना देखि टुलन लाग्यौं । हामी टुलन पुग्दा त्यहाँको मौसम पटक्कै राम्रो थिएन । मध्यान्ह सम्म घाम लजाएर नबदुलही झै घुम्टो ओढेर बादलभित्र लुकिरह्यो । तर, मध्यान्हपछि एकछिन देखापर्यो, अनि निमेषभरमै बिलाई हाल्यो ।

टुलनमा भएको त्यति बिरमाईलो मौसमलाई, हामीले जित्न सकिरहेको थिएनौं । तर, बेलुकिपख पानीजहाज कोर्शिका टापु जादै थियो । त्यसैले मेरा मनभित्र केहि खुशिका तरङ्गहरु उब्जिरहेका थिएँ । किनभने कोर्शिकामा फ्रान्सका सम्राट नेपोलियन बोनापार्टको जन्म भएको थियो । त्यसैले मेरा मन त्यहाँ पुग्न एकदम आतुर आतुर भइरहेका थिएँ ।

बेलुकिको समय छ बज्नै लागेको थियो । तारासँग जहाजको दशौं तलामा उभिएर टुलन बन्दरगाहको दृश्यबलोकन गरिरहेका थियौं । तर, समुन्द्रतटबाट उठेका बतासको मन्द मन्द गतिले हाम्रा गालाहरुमा छोइरहेका हामीलाई यदाकदा आभाष भइरहेको थियो । अझै आवाज बिहिन तिनै सामुन्द्रिक हावाले ताराको सेतो जामालाई फरर उडाईरहेको क्षण हेर्दा मलाई असाध्यै रमाईलो लागिरहेको थियो ।

जहाजको डिनर टेबलमा

फ्रान्सको दक्षिणि सहर टुलनमा, त्यतिबेला हेमन्त ऋतुको समय थियो । त्यस्तो समयमा बन्दरगाहको नजिकै बिरुप भएका नग्न रुखहरुको दुस्खद दृश्यलाई देख्दा मेरो हृदय थोरै टुटेंका थिएँ । समय समयमा चलेको चिसो बतासले तिनै रुखहरुलाई बिना सङ्गित नचाँइरहेको उराठिलो दृश्य देख्दा मेरो मुटु झन छियाँ छियाँ परिरहेका थिएँ ।

पानीजहाजको पौडिपोखरि सिधै अगाडि एउटा ठूलो भित्तेघडि झुन्डिरहेको थियो । हामी मन्त्रमुग्ध भएर टुलन सहरलाई अगाँलो मारिरहदा त्यो घडिले अचानक ‘टिङरिङ्ग’ गरेको आवाज दियो । अनायसै त्यसरि आएको आवाजलाई पछ्याउदै पछ्याउदै, मैले टाउको घुमाएर घडिको छातीमा पुर्याएको थिएँ । त्यतिबेला, फ्रान्सको समय बेलुकिको छ बजेको थियो ।

घडिको आवाज आएको केहि क्षणमा, हामीले यात्रा गरिरहेको पानीजहाज ‘आईल्याण्ड एस्क्याप’ ले टुलन सहर थर्कने गरेर ठूलो ठूलो हरण बजाउन थाल्यो । त्यति ठुलो हरणको आवाजले मेरो दिललाई एकछिन बैचैन बनाइ रह्यो । किनभने, टुलन सहरको यात्रा हाम्रो जिन्दगीमा प्रथम अनि अन्तिम पटकको थियो । त्यसपछि, ‘हामी कहिले पनि टुलन फर्केर नजाने है रु’ ताराले भनेकी कुरोलाई मैले त्यसबेला झलझलि सम्झिरहें ।

पानीजहाजका कप्तानको कुर्सि

बिदाइको हरण तीन चोटि बजेपछि, पानीजहाजले बिस्तारै बन्दरगाहलाई छाड्दै गयो । एक छिनपछि, फ्रेन्च लडाकु बिमान बोक्ने पानीजहाज ‘चार्ल्स डे गुले’ को नजिकै भएर हाम्रो पानीजहाज बहन थाल्यो । मैले त्यसबेला त्यति ठूलो बिमान बाहक युध्दपोतलाई राम्ररि नियालेर हेरिरहेको थिएँ । किनभने त्यो जहाज फ्रेन्च जलसेनाको सबैभन्दा ठूलो लडाकु पानीजहाज थियो । अनि टुलन तिनै फ्रान्सका लडाकु युध्दपोतहरुको जलगृह पर्दथ्यो ।

लडाकु बिमान बोक्ने चार्ल्स डे गुलेलाई छाडेर, हाम्रो पानीजहाज बिस्तारै बहदै भुमध्य सागरको मध्यभाग तर्फ लाग्यो । अनि जहाजले दिएको मधुरो बत्तिको प्रकाशले घरिघरि टल्केको पानीको फोहोरासँग सँगै क्रमशस् अगाडि बहिरह्यो ।

एक छिनपछि, पानीजहाजको गति २० नटस प्रतिघण्टा पुगेको कुरो पोलिस कप्तान बार्तोसले ध्वनिप्रसारक यन्त्रदेखि बताउन थाले । अनि उनले त्यसरातको मौसमको भविश्यकथन गर्दैगर्दा हामी आफ्नो कोठातर्फ जानको लागि बाटो तताइसकेका थियौं । हामी कोठामा पुग्यौं, र टेलिभिजन हेरेर केहि समय बितायौं । त्यसपछि, बेलुकिको खाना खान सातौं तलामा अबस्थित ‘आईल्याण्ड भोजनालय’ तर्फ लाग्यौं ।

हामी आईल्याण्ड भोजनालयमा पुग्दा बेलुकिको समय सात बजिसकेको थियो । हामी त्यहाँ पुगेर कछुवा गतिमा अग्रिम आरक्षण गरेको टेबलतर्फ लाग्यौं । भोजनालयमा हाम्रो टेबलको नम्बर २२० थियो । र, टेबल जहाजको बायाँपट्टिको झ्याल नजिकै पर्दथ्यो । त्यस टेबलमा हामीलाई सेवाप्रदान गर्ने बेयराहरु यात्राको अबधिभरि फेरिदैन थिएँ । मलाई पानीजहाजको त्यो पक्ष सार्है राम्रो लाग्दथ्यो । त्यतिबेला पनि हामी टेबलमा पुग्नै आँटदा जानोले देखिन र मस्कदै मस्कदै हाम्रो नजिक आईहालिन ।

जानो बिगत तीन दिनदेखि तारासँग राम्रो साथि बनिसकेकी थिइन । कोहिमा, नागाल्याण्ड बाट आएकी उनले हामी नजिक आँउदा एकहातमा जगभरि पानी पनि लिएर आईन । हामी कुर्सिमा बस्ने बितिक्कै थपक थपक पानीको गिलास भरिदिइन र लज्जालु स्वरमा बोल्न थालिन ।

नेपोलियनको शालिकमा

‘तारा १ आज तपाई के पिउनु हुन्छ रु’ जानोले आत्मियताको साथ हिन्दी भाषामा सोधिन । ताराले उनको कुरो प्रष्टै बुझेपनि, केहि बोलिनन् । उनले अब के भन्ने होला भनेर मेरो मुहारतिर एकझलक हेरिन ।

‘जानो ! हामी पहिले खानाको मेनु हेर्छौ । अनि खाना अनुसारको वाइन मगाउछौ ।’ ताराको सट्टा मैले नै हल्का जबाफ उनलाई फर्काई दिए ।

मेरो कुरो सुन्ने बितिक्कै जानोले हात उठाएर भोजनको बेयरालाई बोलाईन । त्यसदिन उपलब्ध हुने भोजनको मेनु हातमा लिएर हल्लिदै हल्लिदै डिमिट्रिले हाम्रो अगाडि उपस्थित जनायो । त्यति हँसिलो मुहारका डिमिट्रि किभ, युक्रेनदेखि आएका पानीजहाजका कर्मचारी थिएँ । उनी हाम्रो भोजनको बेयरा र जानो पेय पदार्थको बेयराहरु थिएँ ।

मैले मेनु हेरि सकेपछि, डिमिट्रिलाई एउटा ‘बिफ वेलिङटन’ मगाए । त्यो गोरुको मासुको परिकारलाई बेलायती ‘ड्युक अफ वेलिङटन’ ले वाटरलुको युध्दमा नेपोलियनलाई हराए वापत त्यसको नाम बिफ वेलिङटन राखिएको थियो । त्यो परिकारको जस्तो नाम थियो, स्वाद पनि त्यस्तै राम्रो भएकोले सर्लक्कै जिब्रोमा बिलाइ हाल्दथ्यो ।

अझै मुख्यकुरो त हामी भोलि बिहानको छ बजे राजनेता नेपोलियनको जन्मभूमी आजासियो, कोर्शिकामा उत्रदै थियौं । त्यसैले फ्रान्सको पूर्व राजनेता नेपोलियन बोनापार्टलाई सम्झदै सम्झदै मैले त्यो परिकार खाने रुचि राखेको थिएँ । अनि ताराले त खै के के मगाइन, कुन्नि रु मैले उनी प्रति त्यति धेरै जान्ने उत्सुक्त्ता पनि देखाइन ।

नेपोलियनको जन्मघर

साठीको दशकमा बिफ वेलिङटन ज्यादै प्रचलित भएको थियो । अझै त्यसको लोकप्रियता बेलायतमा भन्दा उत्तर अमेरिकामा बढि परेको थियो । मलाई त्यो फ्रेन्च गोरुको मासुसँग सायद क्याबरनेट सेभिङनन नै अति उत्तम हुन्छ होला जस्तो लाग्यो । त्यसैले, लामो समयदेखि मैले के माग्ने होला भनेर मेरो प्रतिक्षा गरेर बसिरहेकी कोहिमाकी बैनीलाई एकबोतल फ्रेन्च वाइन, क्याबरनेट सेभिङनन ल्याइ दिनुहोस है भनेर मगाएँ ।

मैले वाइन मगाएपछि, टकटक हिल पडकाउदै जानो हामीसँग बिदा भइन । डिमिट्रिलाई कोर्शिकाको बाख्राको पनिर पनि ल्याइदिनु है भनेर अनुरोध गरें । त्यो पनि कोर्शिकाको प्रख्यात र अति स्वादिस्ट हुन्छ भन्ने पहिले नै सुनेका थिएँ । त्यति स्वदिष्ट हुनको मुख्य कारण चाँही सामुन्द्रिक हावापानी नै हुन रे । किनभने कोर्शिका नजिकको सामुन्द्रिक पानीमा नुनको मात्रा अलिक बढि नै हुन्छन् र नुन पानीसँग सँगै उडेर बनस्पतिका पात पातमा अडिन्छन् । र, तिनै बनस्पतिका पातहरु खाएका बाख्राका दुधबाट बनेका पनिर असाध्यै स्वादिलो हुन्छन् भन्थे ।

लगभग दुईघण्टा समय लगाएर हड्डि बिनाको गोरुको मासु र वाइनले टन्न पेट भरेपश्चात् हामी ‘ओसन थिएटर’ हलमा पुगेका थियौं ।

हामी त्यहाँ पुग्दा बेलुकिको समय नौ बज्नै लागेको थियो । जब घडिले नौ बजायो । मेघ गर्जेझै बजेको सङ्गितको तालमा पाँचजना जोसिला अँग्रेज युबतीहरुले सेता सेता तिघ्रा देखाउदै ‘जय हो, जय हो’ भन्ने गितमा नाट्यमन्च हल्लाउन थाले । एकछिनमा अन्य पाँचजना युबकहरु पनि उनीहरुसँग सँगै नाँच्नको लागि मन्चमा देखा परिहालें ।

मिराज बारमा

त्यति कामुक युबतीहरुको कलकलाउदो उमेर र बत्तिको प्रकाशले मलाई पनि उनीहरु सँग नाचौं नाचौं जस्तो रहर लागिरहेको थियो । तर, जो कोहिको नशिवमा कहाँ त्यस्तो लेखेको हुन्थ्यो र रु तै पनि केहि टाढा दुरिबाट उनीहरु प्रति म किन किन आकर्षित भइरहेको थिएँ । हामीले नाट्यशालामा नाँच, सर्कस र जादुसँग सँगै एक घण्टाको समय एक झिमिकमा नै बिताएको जस्तो बोध भयो ।

नाँचको कार्यक्रम सकिएपछी, हामी नाट्यशाला बाट बाहिर निस्क्यौं । र, मिराजबारमा ककटेल पिउनको लागि जाने भनेर सल्लाह गरयौं । तर, जहाज भित्र भित्र हिडदै जाँदा अन्य समयमा भन्दा अलिक बढिनै जहाज हल्लिरहेको हुनाले तारा कोठामा सुत्न जान्छु है, भन्दै आफ्नो कोठातिर लागिन । त्यसपछि, म एक्लै लिफ्ट पक्रेर दशौं तलातर्फ उक्लिएँ ।

मिराजबारमा पुगेर एउटा, ‘सेक्स अन द बिच’ मगाएको मात्रै थिएँ । केहिबेर अगाडि नाट्यशालामा देखिएका नृत्यङगानाहरु पनि मेरो पछिपछि त्यँहा आइपुगेका देखिएँ । उनीहरुको अनुहार त्यहाँ देखिएपछि मैले मनमनै ‘आम्मैनि हौ,’ छोकडीहरु पनि यहाँ आइपुगे छन् भने ।

त्यहाँ आइपुग्ने बितिक्कै उनीहरु बारको बिँचौबिँच भागमा नाँच्न सुरु गरिहालें । कुनै कुनै नृत्यङ्गानाहरुले भट्टिपशलमा पेय पदार्थसगँ रुझिरहेका यात्रुहरुलाई नचाँएर मनोरन्जन दिनथालें । अ।।।म चाँही बरु एक्लै थिएँ । त्यसैले हातमा एउटा ककटेल समातेर बारको सिधै अगाडि उँभिएर उनीहरुको रमाइलो नाँच हरिरहें ।

केहि समयपछि, ‘मेरो नाम सामन्था हो,’ भन्दै एउटी पातली नृत्यङगाना मेरो नजिक आइपुगिन । उनको नाम सुनेपछि, हतार हतार मेरो नाम पनि उनलाई बताई दिइहालें । त्यसपछि, एसेक्स, इङ्ल्याण्ड बाट आएकी त्यति कामुक सुन्दरीले मेरो दाहिने हात समातेर उनीसँग नाँच्न जानको लागि मरिहत्ते गर्न थालिन । केहिबेर अगाडि नाट्यशालामा यिनीहरु सँग नाँच्न पाउँदा कति भाग्यमानि भइन्छ होला भनेर सोचिरहेको थिएँ । तर, जब मलाई अबसर मिल्यो । त्यतिबेला कहि नभएको लाज लागेर आउन थाल्यो ।

बर्षायामको आकाशमा बादल गर्जेझै गरेर मिराजबारको सिलिङमा असि र नब्बे दशकका गितहरु गर्जिरहेका थिएँ । भुमध्यसागरमा आएर पनि जाबो के लजाइ रहने है भनेर ढुकढुक गरिरहेको मेरो मुटुलाई एकचोटि छामे, अनि बेस्सरि आँट कसेर तिनै युबतीसँग नाँच्न तम्सें ।

तर, सबैभन्दा पहिले एक सिरिप ककटेल पिएँ, र गिलासलाई त्यँही राखिछाडें । त्यसै त ‘एसेक्स’ भन्ने बितिक्कै कामोतेजक महिलाहरुको राजधानि भनेर बेलायतमा दुर्नाम कमाएको स्थान थियो । अब त्यति कामोतेजक युबतीले मरिगए मेरो हात छाडनेवाला छैन भनेर मैले भित्रभित्रै चाँल पाइसकेको थिएँ । त्यसैले, अबसरको फाइदा उँठाउदै उनको हात कस्सेर समाए र नाँच्नको लागि फुर्तिको ‍साथ नृत्यस्थलमा पुगिहालें ।

जब हामी नृत्यस्थलमा पुग्यौ । उनको एउटा हातले मेरा कम्मरलाई च्याप्प समातिन । र, अर्को हातचाँही मेरो काँधमा आराम गराइ हालिन । त्यसपछि, बेस्सरि हल्लिदै हल्लिदै उनी नाँच्न सुरु गरिन । उनीहरुको मुख्य ब्यवशाय नै यात्रुहरुलाई भरिपुर्ण मनोरन्जन दिलाउनु थियो । म पनि के कमि हुने भन्दै, ठेक्कै उनको नक्कल गर्न सुरु गरिहालें ।

तर, त्यति राँपिलो शरिरको तापले मलाई एकैछिनमा खलखलि पसिना छुटन थालिहाल्यो । अझै मेरो शरिर उनको अर्धनग्न शरिरसँग निक्कै लामो समयसम्म टाँसिरहँदा मलाई हल्का अफ्ठ्यारो महसुस हुन थाल्यो । त्यँहीबेला निर्दोष ताराको यादले मेरो बायाँ छाँतीमा कताकता च्वस्स पोलेको अनुभुति भयो । किनभने म आफ्नो जीवन सङ्गिनीसँग बिशौं बैबाहिक बार्सिकोत्सब मनाउन पानीजहाजमा पुगेका थिएँ ।

त्यसरि अचानक बाटोमा भेटिएकी अप्सरा ‘एसेक्स गर्ल’ सँग किन यो दुश्कर्म गरिरहेको छु, भन्ने सम्झेर थोरै आत्मग्लानि भयो । ‘साम १ मलाई नाँच्ने अवसर प्रदान गरेकोमा धेरैधेरै धन्यबाद छ,’ भन्दै बिस्तारै उनको हातहरु मेरो शरिरबाट पन्छाइदिएँ । र, उनको बहुँपासदेखि मुक्तहुँदै नृत्यस्थल बाट सरासर बाहिर निस्कें । अनि केहि नबोलि कोठामा गएर मज्जाले आराम गरे ।

भोलि बिहान उठने बितिक्कै तारा श्रृँगारपट्टारमा ब्यस्त रहिन । म एक्लै दशौ तलामा रहेको खाजा खाने रेस्टुँरामा पुगिसकेको थिएँ । म त्यहाँ पुग्दा यात्रुहरुको उपस्थित एकदम पातलो थियो । तर, बेयरा र भान्सेहरुको भिड चाँही निक्कै बाक्लो देखिएका थिएँ । म सुस्तरि हिडदै एकजना गोरी तथा अग्ली चिनियाँ भान्सेको नजिकै पुगें । उनको नजिकै पुगेपछि, मलाई चिनियाँ झै मानेर उनले ‘नि हाउ’ भनिन । मैले प्रति उत्तरमा ‘नि हाउ, व श निपुअर रन’ अथवा, ‘हेल्लो १ म त नेपाली हुँ,’ भनेपछी उनी झसङ्ग भइन । त्यसपछि, एक अर्कामा हाम्रो छोटो परिचय भयो । उनको नाम लिना वङ र सिचुँवान प्रान्तदेखि आएकी रहेछिन, भन्ने मैले त्यतिखेर चाँल पाएँ ।

जहाजको ज्याकुजिमा

मेरो लागि एउटा अम्लेट पकाइ दिनको लागि तिनै भान्सेलाइ हल्का अनुरोध गरें । ‘भइ हाल्छनि, बरु तपाईलाई के के मनपर्छ कुन्नि रु’ भन्दै एकहातले डाँडु र अर्कोहातमा सानो प्लेट उचालेर मलाई खुशि हुँदै सोधिन । मैले हातले घोचेर टेबलमा सजाइएका च्याँउ, हाम, जैतुन, हरियो खुर्सानि, प्याज र गोलभेडा सबैथोक मिसाएर बनाइ दिनुहोला भनें । मैले भनेको सबैचिज मिसाएर, उनले एकैछिनमा एउटा अम्लेट तयार गरीदिइन । यदि तपाईलाई ज्यादै पिरो मनपर्छ भने, सिचुँवान सस पनि थपि दिन्छु है भन्दा मैले थोरै डरमान्दै भैगो भनें । किनभने, सिचुवान प्रान्तमा पुगेर त्यसको नराम्रो अनुभव मैले पहिले नै गरिसकेको थिएँ ।

निख्खर सेतोटोपी पहिरन गरेकी तिनै ‘ब्युटी क्विन’ चिनियाँ भान्सेले पकाएकी एउटा अम्लेट लिएर म सरासर जहाजको बार्दलीमा निस्कें । अनि दशौं तलाको तिनै बार्दलीदेखी आजासियो, कोर्सिका नियाल्दै खाजा खान थालें । साच्चै १ त्यहाँदेखि देखिएको कोर्शिकाको बिहानीको दृश्य अति रमणिय थियो । केहिबेरमा जमैकाकी एकजना काली बेयराले ‘चिया कि कफि रु’ भन्दै मेरो सामु खडा भइन । मैले उनको अनुहारलाई एकझलक नियालि हेरें । अनि तिनै अनुहारको प्रतिबिम्व सम्झनको लागि, ‘कृपया १ कालो कफि दिनुहोला रु’ भनि टोपलें ।

श्यामल बर्णकी कागखुट्टि कालीले एककप कालो कफि टेबलमा थपक्कै राखेर म देखि बिलय भइहालिन । अब अरु कोहि नभएपछि मैले प्रयोग गरेको काँटा र छुरीको आवाज बाहेक टेबलमा एकछिन स्तब्धताले छाइ रह्यो । केहिबेरमा ठुल्ठुला किस्तीमा केक बोकेर ‘तागालोक’ भाषामा गित गाउँदै गाउँदै दुईजना फिलिपिनो युबतीहरुले मेरो नजिकै उपस्थिति जनाएँ । उनीहरुले बोंकिहिडेका केकलाई देख्ने बितिक्कै एकाबिहानै शरिरमा के चिनीको मात्रा थप्ने होला भनेर म हतार हतार बिपरित दिशातिर फर्किहालें ।

‘महाशय ! एउटा केक चाख्नुहोस् है रु’ भन्दै मेरो दायाँ कानको जालि फुटनेगरि एउटी युबतीले कराइ हालिन । एउटा ‘वेल्स केक’ थमाउनको लागि उनले मरिहत्ते गरेकी देखेर एकछिन धर्मशँकटमा परिरहें । तैपनि त्यति राम्री युबतीको अनुरोधलाई त्यति बिहानै किन अस्विकार गर्ने होला भनेर, ‘हवस,’ सम्म भनि दिएँ ।

युबतीहरु मेरो टेबलदेखि बिलय भएपछि, म एक्ले ढेँडुझै भएँ । धेरैजसो बेलायती यात्रुहरु सातौं तलाका मिराज भोजनालयमा बिहानीको खाजा खान गएका थिएँ । त्यसैले दशौंतलामा त्यति धेरै भिडभाँड देखिएका थिएनन् । तैपनि तारा कतै आईपुगि हाल्छिनकी भन्ठानेर बेलाबेलामा यताउता हेरिरहें । तर, त्यसबेला सम्म उनको छायाँको अत्तोपत्तो देखिएको थिएन ।

पानीजहाजकी नर्तकीसँग

 

मैले कफि पिउने क्रममा टाउकोलाई यसो बायाँतर्फ घुमाएर कोर्शिका टापुलाई धेरै टाढासम्म एकाध हेरिरहें । त्यतिबेला ‘एल्बा’ दिपको क्षितिजदेखि तिरिरी घाम झुल्कन लागेका रमाईलो दृश्य देखा परिरहेको थियो । तिनै एल्बा दिपमा ‘मलाई अशल आमा देउ, म तिमीलाई महान राष्ट्र दिन्छु,’ भन्ने बिचारका धनि नेपोलियन बोनापार्टलाई सन् १८१४ को ‘फोनटानब्लो’ सन्धिले फ्रान्सका सम्राटदेखि पदच्युत गरेर देशनिकालाका सँजाय पाउँदा एल्बा दिप पुरयाइएका बिरमाइलो क्षण त्यतिबेला सम्झीरहें ।

उनलाई बेलायती पानीजहाजका कप्तान थोमस उस्सरले ‘एचएमएस अन्डाउनटेड’ राखेर एल्बा दिप लगेकाथिएँ । त्यहाँ पुरयाइएपछि, ‘भिल्ला अफ द मिल्स’ भन्ने घरमा राखिएका थिएँ । उनी एल्बा दिपमा छँदा उनको प्रथम श्रीमतीको निधन भएको थियोभने, दोश्रो श्रीमती र छोरा अष्ट्रियामा शरणार्थि जीवन बिताउन थालेका थिए । तिनै दुस्खलाग्दो खबरहरुले छियाँ छियाँ बनाएको हृदय लिएर दश महिनापछि एल्बादिप बाट उनी भाग्न सफल भएका थिएँ ।

एल्बा दिपको क्षितिजदेखि उदय भएको त्यति कलिलो सूर्यको प्रकाशले सामुन्द्रिक पानीका तरङ्हरुलाई थोरै थोरै जिस्क्याइ रहेको जस्तो मलाई त्यतिबेला अनुभूति भइरह्यो । अझै सबैभन्दा रमाइलो त तिनै निलापानीका छाँतीमाथी मलेवा र जलहाँसहरुले माछाको खोजिगर्दा खेलेको खेललाई देख्न सकिन्थ्यो । तर, समय समयमा तिनीहरुले समातेका माछाका दृश्यदेख्दा प्रकृतिको नियमपनि मान्नैपर्ने जस्तो लागिरह्यो ।

समुन्द्रको पानीदेखी मेरो नजरलाई बिस्तारै घुमाएर सामुन्द्रिक किनारमा पुरयाएको थिएँ । त्यो सामुन्द्रिक किनारै किनार आँखाले देखिन्जेलसम्म एउटा लमतन्न गोरेटो देखापरयो । तिनै लामो गोरेटोमा स्वाभीमानी कोर्शिकन मानिसहरु हाँसीखुँशि दौडीरहेका देखिएका थिएँ । काठमाण्डौ, पोखरा र धरानमा हरेक बिहान उठने बितिक्कै पैसाको मात्रैकुरो गरिरहने असन्तुष्टि नेपालीहरुसँग तुलना गर्दा कोर्शिकाका मानिसहरु कति सुखि होला भन्ने मेरो मनमा निक्कै लामो समयसम्म लागिरह्यो ।

त्यसदिन, म बिहान उठेर दशौ तलामा अबस्थित त्यो रेष्टुँरा पुग्न अगावै, हाम्रो पानीजहाज आजासियो बन्दरगाहमा रोकिसकेको भएतापनि हाम्रो बायाँपट्टि एउटा जर्मन पानीजहाज ‘आइदा क्रुज’ भर्खर भर्खरै रोकिदै थिएँ । यसरि फ्रान्सको दक्षिणी सहर निसको अझै दक्षिणी भागमा रहेको ‘कोर्शिका टापु’ छुटटि मनाउन आउने पर्यटकहरुको लागि ज्यादै प्रख्यात ठाँउ थियो । त्यसैले हरेक नयाँ बिहानीको उदयसँग सँगै त्यहाँ पर्यटकहरु उदाउने गरेका थिएँ । त्यति आकर्षक प्राकृतिक भु-बनोट र सामुन्द्रिक तटले कोर्शिका टापुलाई भुमध्य सागरको ‘आइल्याण्ड अफ ब्युटि’ भन्ने उपाधि मिलिसकेको थियो ।

एक छिनपछि स्याँउ, सुन्तला, आँप र गोलभेडाको रसहरु डुलाइ हिडेकी एकजना युबती मेरो सामु आइपुगिन । उनलाई देख्ने बितिक्कै, मलाई एक गिलास सुन्तलाको रस पिउने रहर अचानक भइहाल्यो । मैले सुन्तलाको रस मागेसँग सँगै बालि, इन्डोनेशियदेखि आएकी तिनै बेयरासँग मेरो सामन्य परिचय भयो ।

तर, मलाई बेयराले दिएकी सुन्तलाको रसभन्दा पनि उनको शारिरिक रसमा झन कता कता मिठास देखिरहेको थिएँ । अनि त्यति मिठो उनको शारिरिक रससँग झुम्ने भाग्यमानी पुरुष को हुन्छ होला भनेर म केहिबेर चिन्तित बनिरहेको थिएँ । तर, हिजो रातिको मिराजबारको घटना सम्झेर म जस्तो जोइटिङ्ग्रे मर्दले लिएको जाबो त्यो मेरो चिन्ता ब्यार्थको जस्तो लाग्यो । ठीक त्यँहीबेला दुवै हातले टन्न खाजा राखेको किस्ति बोकेर पूर्णिमाको चन्द्रमाझै तारा मेरो अगाडि टुप्लुक्क झुल्किइन ।

तारालाई देख्ने बितिक्कै, तिनै बालिकी बैनीले कुर्सि तानेर उनलाई बस्ने स्थान बनाइ दिईन । ताराले धन्यबाद भनिन र थपक्कै कुर्सिमा बसिन । त्यसपछि अति सुन्दर शरिरकी धनि बालिकी बेयराले हामीदेखि बाटो तताइ हालिन ।

‘बैनीसँगको गफमा मैले कतै बाधा त गरिन रु’ ताराले सुगुँर घोच्ने फलामे सुइरोलेझै तिखो प्रश्नगरेर मेरा बायाँ छातीमा प्रहार गरिन ।

निश्चय नै, ‘प्रश्न उठनु पनि सत्यको नजिक पुग्नु हो,’ जस्तो मलाई त्यतिबेला बोध भयो । उनी खाजा लिएर भर्खरै मेरो सामु आइपुगेकी थिइन । त्यसैले, के कुकुरभेट खाइभेट गर्ने भनेर केहि बोल्ने जमर्को गरिन । बरु चुपचाप कफि पिउँदै सामुन्द्रिक ज्वारभाँटा हेर्दै बसिरहें । तैपनि आफुभन्दा राम्री देखेपछि पुरुषको बश नियन्त्रण गर्न उटफट्याङ कुरोगर्न हरेक स्त्रीको चरित्रभित्र पर्दछ कि, भन्ने मेरो मनमा त्यतिबेला लागिरहेको थियो ।

ताराले केहिबेरमा खाजा खाई सकिन । त्यसपछि, हामी पानीजहाजदेखि बाहिर निस्क्यौं । जहाजको मुख्य ढोका ‘ग्याङ्ग वे’ देखी बाहिर एउटा खेलौना रेलले यात्रुहरुको प्रतिक्षा गरिरहेको थियो । जब रेलमा यात्रुहरु पुर्णरुपले भरियो । त्यसपछि, हामी सिधै नेपोलियन बोनापार्टको जन्मघर ९सङ्ग्राहलय० तर्फ लाग्यौं । नभन्दै हामीलाई उनको जन्मघर पुग्न त्यति धेरैसमय खर्च गर्नपरेन ।

कार्लो बोनापार्ट र लेटजिय रामोलिना बोनापार्टकी चौथो सन्तानको रुपमा नेपोलियन बोनापार्ट १५ अगष्ट १७६९ मा तिनै घरमा जन्मेका थिएँ । कार्लो बोनापार्टले मृत्युबरण भएको आफ्नो जेठो छोरो नेपोलियनको यादमा उनको नाम पनि नेपोलियन नै राखिदिएका थिएँ ।

जोशेफ र नेपोलियन मात्र तत्कालिन समयमा जिवित भएको हुनाले कसैकसैले सम्राट नेपोलियनलाई दोश्रो सन्तानको रुपमा मान्ने गरेका थिएँ । उनी जन्मेको घरभित्र पसेर नक्कल गरेर बनाइएका उनका बिस्तारा र टेबल कुर्सिहरुलाई केहिबेर नजर लगाइ सकेपछि पुनस् हामी घरदेखि बाहिर निस्कियौं ।

त्यहाँ बाट निस्केपछि, सुस्तरि हिडदै ‘डाइमण्ड स्क्वायर’ मा पुगेका थियौं । तिनै ठाँउमा लिटल कर्पोरल उपाधि पाएका नेपोलियनका चार जना दाजुभाईहरुको शालिक रहेका थिएँ । डाइमण्ड स्क्वायर देखि केहिबेर हिडेर हामी उकालि चढ्यौ । र, माथि डाँडामा पुगेका थियौं । जहाँ डाँडै ढाक्ने गरेर नेपोलियन बोनापार्टका बिशाल शालिक निर्माण गरिएका थिएँ । अनि उनको शालिकको मुनि भित्तामा उनले वीरता र कौशलता प्रदर्शन गरेका महान युध्दहरुको नाम लेखिएर राखिएका थिएँ ।

शालिकको मुनिरहेका अक्षरहरु पढिरहदा, मरिया नाम बताउने एकजना कोर्शिकाकी महिलासँग मेरो अचानक भेटभयो । उनैले, ‘इतिहास बिजय गर्नेहरु दवारा मात्र लेखिन्छ,’ भन्ने बिचारका महाधनि एबम युध्दकौशल नेपोलियनले जम्मा ७० वटा युध्दहरु लडेका थिएँ । तर, दुर्भाग्यबस ती युध्दहरु मध्ये आँठवटा युध्दमा उनले सार्है नराम्रोसँग पराजय भोग्नपरेको थियो । सम्भवतस् मानवजीवनको इतिहासमा अलेक्जान्डर महान र गेङ्गिस खानपछिको सबैभन्दा बहादुर योध्दा तिनै ‘लिटिल कर्पोरल’ थिएँ होला रु भन्दै मरिया हामीसँग बिदा भइन ।

हामी त्यहाँबाट थोरै हिडेर अलिक मुनि सामुन्द्रिक तटतर्फ झर्यौ । कोर्शिकामा भएको बाटोघाटो, खोलानाला, पार्टीपौवा, बिधालय र महाबिधालयहरु सबैको नाम नेपोलियनसँग जोडिएका थिएँ । जस्लेगर्दा घरिघरि हामीलाई कोर्शिकाको नक्सा पढन पनि अफ्ठ्यारो भइरहेको थियो ।

‘असम्भव भन्ने शब्द केवल मुर्खहरुको शब्दकोषमा मात्रै हुन्छ ।’ भन्ने नेपोलियनको जिन्दगीमा सबैभन्दा ठुलो क्षति रुसमाथिको आक्रमणमा भएको थियो । सैनिक रणनितिकार नेपोलियनले सन् १८१२ मा छ लाख सिपाहीहरु लिएर रुसको राजधानि मस्कोलाई आक्रमण गरेका थिएँ ।

रुस युध्दमा पराजय खेपेर फर्कदै पोल्याण्डको गाडन्स्क आइपुग्दा उनीसँग जम्मा ४० हजार सैनिक मात्रै बाँचेका थिएँ । तिनै बाँच्ने भाग्यमानी सैनिक मध्ये नेपोलियनको चिकित्सक डाक्टर जिन जर्ज हाफनर पनि थिएँ । केहिबर्ष अगाडि म गाडन्स्क, पोल्याण्ड पुग्दा डाक्टर हाफनरले सपोर्टमा खोलेको ‘स्पा’ पनि पुगेको थिए । डाक्टर हाफनरले रुस युध्ददेखि फर्कदा नेपोलियनको साथ छाडेर पोलिस केटी रेगिना क्यारोलिनासँग बिबाह गठबन्धनमा बाँधिएर शेष जीवन त्यतै बिताएका थिएँ ।

एल्बा दिप बाट भागेर आएपछि नेपोलियनले फ्रान्समा दोश्रो पटक शासन गर्न थालेका थिए । तर, डब्लिन, आयरल्याण्डमा जन्मेका आर्थर वेल्सलि ९ड्युक अफ वेलिङ्टन० ले नेतृत्व गरेको ‘वाटरलु युध्द’ मा स्तन्त्रता, समानता र बन्धुत्वको नारा दिएर हिडेका नेपोलियनलाई पराजय गरेपछी पक्राउ गरें । उनलाई पक्रेपछी निर्वासन जीवन यापनको लागि सन् १८१५ मा सेन्ट हेलेना दिपमा लगेर राखियो ।

‘जबसम्म तिम्रो पखेटा फिजाउँदैनौ, तिमीलाई थाहा हुदैन, कि तिमी कति टाढा उडन सक्छौ ।’ भन्ने बिचार लिएका नेपोलियनले छ बर्षसम्म सेन्ट हेलेना दिपमा एकल जिन्दगी बिताएका थिएँ ।

अन्ततस् जिरो देखि नायक र नायक देखी जिरोमा झरेका युरोपको महान योध्दा नेपोलियन बोनापार्टले ५ मे १८२१ मा अन्तिमचोटि सास फेरेका थिएँ ।

तर, आन्द्राका क्यान्सरदेखि पिडित, ‘लिटिल कर्पोरल’ को मृत्यु अहिलेसम्म बि’बादस्पद नै रहेकाछन् ।

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्