रामचन्द्र पौडेललाई नि’यन्त्रणमा लिएकोमा बाबुराम भट्टराईको वि’रोध

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्र’हरीले नि’यन्त्रणमा लिएकोमा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वि’रोध गरेका छन्।
बुधबार पुल उद्घाटन गर्न जाँदा प्र’हरीले पौडेललाई नि’यन्त्रणमा लिएको थियो।
नि’षेधाज्ञाबीच पौडेल पुल उद्घाटन कार्यक्रममा गएको भन्दै प्र’हरीले नि’यन्त्रणमा लिएको थियो।
‘राजावादीहरूलाई देशव्यापी वि’तण्डाको छुट तर गणतन्त्रवादीलाई नि’षेधाज्ञा र गि’रफ्तार?,’ भट्टराईले भनेका छन्, ‘ओली सरकारको के हो चाला? रामचन्द्र पौडेलकै पालामा बनेको पुल उद्घाटन गर्न सत्ताधारीहरूद्वारा किन रोक? दालमा कालो देखियो है।’