रोजगारीको लागि भिजिट नजान भिषामा विभागको आग्रह

पछिल्लो समय यूएईलगायत देशमा गै’रकानुनी रुपमा रोजगारीको लागि जानेको संख्या बढेको छ । यूएईलगायत देशमा आकर्षक सेवा सुविधाको प्रलोभनमा विभिन्न व्यक्ति तथा संस्थाहरु समेत संलग्न भई भिजिट भिषामा रोजगारीको लागि श्रमीकहरु गएकोमा वैदेशिक रोजगार विभागले ग’म्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
गै’रकानुनी प्रकृया र बाटो अवलम्वन गरी भिजिट भिषामा श्रमका लागि गएका नेपाली नागरिकहरु ठ’गिने क्रम शुरु भएको र विभागमा उजूरीसमेत प्राप्त हुन लागेको विभागले एक विज्ञप्ती जारी गर्दे जनाएको छ ।
अ’वैधानिक रुपमा श्रमका लागि भिजिट भिषामा गएका व्यक्तिहरुको सेवा, शर्त तथा विधाका सम्बन्धमा वैदेशिक रोजगार ऐन तथा नियमावली, २०६४ आकर्षित नहुने र उक्त व्यक्तिलाई शारीरिक, मानसिक हिं’सा भएमा वा कानुनी ज’टिलता गन्तव्य मुलुकमा उत्पन्न भएमा स्वयं व्यक्ति नै जिम्मेवार हुने ।
यस्तो कार्य प्रचलित कानुनको बि’परित भएकाले त्यस्ता व्यक्ति तथा संस्थाहरुलाई का’रबाई हुने समेत उक्त विज्ञप्तीमा जनाइएको छ ।