विवेकशीलमा भएका ४० प्रतिशत सदस्यहरू साझा पार्टीसँग एकता प्रक्रियामा नजाने
काठमाण्डौ- भनिन्छ राजनीतिमा हरेक कुरा सम्भाबना हुन्छ, विवेकशील नेपाली दल र साझा पार्टीका नेताहरू भने एकता प्रक्रियालाई अन्तिम रूप दिन गृहकार्यमा छन् ।
यही साता पुरानै विवेकशील साझा पार्टी ब्युँताउने उनीहरूको तयारी छ । दुबै पार्टी एकता भएको केहि समय पछी पार्टी राम्ररी बनिनसक्दै २७ पुस २०७५ मा फुटेको थियो ।
विवेकशील नेपाली दलका एक नेताले बताए अनुसार विवेकशीलमा भएका ४० प्रतिशत सदस्यहरू साझा पार्टीसँग एकता प्रक्रियामा जाने छैनन् ।
विवेकशील नेपाली दल तथा साझा पार्टीबीच एकताको विषयमा दुई दलका वार्ता समितिले सहमति गरेको सम्झौतापत्रमा विवेकशील नेपाली दलका सदस्यहरूले विवेकशील नेपाली दलको विधान तथा नियमावली बमोजिम मतदान गरी अनुमोदन गरेकोले विवेकशील नेपाली दलको यो स्वरूपको यात्राको चरण समाप्त भएको छ ।
यो पार्टीसँग मिल्न भनेर विवेकशीलले संगठनभित्रका ६ सय १६ मतदाताबीच भोटिङ नै गरायो । दुईतिहाइ बहुमतले साझासँग फेरि एकताको निर्णय अनुमोदन गरिसकेको छ ।
विवेकशील नेपाली दल र साझा पार्टी बिच हुने भनिएको एकताबाट विवेकशील नेपाली दलका केहि नेताहरु अ’सन्तुष्टी जनाउदै आएका छन । विवेकशील नेपाली दलका एक मुख्य नेता गोविन्द नारायण साझा पार्टीको नेतृत्वमा नफर्कने भएका छन् । उनी, विजयबाबु शिवाकोटी, कर्मा तामाङलगायत १३ केन्द्रीय सदस्यहरू साझा पार्टीको नेतृत्वमा नबस्ने भएका हुन् । विवेकशीलमा हाल ३६ केन्दीय सदस्य छन् ।
विवेकशील साझासँगको यात्रामा सहभागी नहुनेबारे उनीहरूकाे प्रेस नाेट यस प्रकार छ ः
विवेकशील नेपाली दल तथा साझा पार्टीबीच एकताको विषयमा दुई दलका वार्ता समितिले सहमति गरेको सम्झौतापत्रमा विवेकशील नेपाली दलका सदस्यहरूले विवेकशील नेपाली दलको विधान तथा नियमावली बमोजिम मतदान गरी अनुमोदन गरेकोले विवेकशील नेपाली दलको यो स्वरूपको यात्राको चरण समाप्त भएको छ ।
अब विवेकशील साझा पार्टीको रूपमा यात्रामा सहभागी हुने सम्पूर्ण सदस्यहरूलाई हामी शुभकामना व्यक्त गर्छौँ । तपसिलमा नाम उल्लेख भएका विवेकशील नेपाली दलको हालको संघीय समितिमा सदस्य रहेका ३५ मध्ये दुई पदाधिकारीसहित हामी १३ जनाले विवेकशील नेपाली दल विवेकशील साझाको आगामी यात्रामा सहभागी नहुने व्यहोरा जानकारी गराउँछौँ । अहिले एकीकरणको लागि सही समय हैन र विवेकशील र साझाबीच भएका राजनीतिक मतभिन्नताका विषयहरूलाई नटुङ्याइकन एकीकरण गर्न उचित हुन्न भन्ने बारेमा हामीले नेतृत्व तथा आम सदस्यहरूसँग विभिन्न समयमा छलफल पनि गरेका थियौँ ।
आगामी यात्राका बारेमा हालको नेतृत्व तहमा रहेका तथा आम सदस्य तथा शुभेच्छुकहरूसँगको छलफलपछि तय गर्नेछौँ ।
भवदीय,
१. अजीता राई, उपाध्यक्ष
२. संगीता बाटाजु (सचिव, कार्यालय व्यवस्थापन)
३. कर्मा लामा तामाङ (संघीय समिति सदस्य)
४. छिरिंग तामाङ
५. विजय बाबु शिवाकोटी
६. जेसन बैद्य
७. शिशिर राई
८. जमाल अली
९. आशीष राई
१०. ज्ञानेन्द्र निरौला
११. साधना थुलुङ्ग राई
१२. शशिविक्रम कार्की
१३. आलोक सुवेदी