Logo

सत्तारुढ दलले संसद्लाई सत्तासंघर्षका लागि बन्द गराएको कंग्रेस नेता महतको आरोप


मुन्धुमस्टार डटकम  — नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सत्तासंघर्षलाई व्यवस्थापन गर्न सत्तारुढ दलले लामो समयसम्म संसद् बन्द राखेको आरोप लगाएका छन् ।

महामारीको समयमा पनि संसद् बन्द गरेर सत्तारुढ दलले आफ्नो पार्टीभित्रको सत्तासंघर्षको खेललाई व्यवस्थित गर्न ध्यान दिएको आरोप उनले लगाए ।

नेपाल सांस्कृतिक संघका पदाधिकारीहरूसँको अन्तर्क्रियामा महतले पाँच महिना लामो लकडाउन र निषेधाज्ञा खुले पनि आर्थिक र सामाजिक जीवन आफ्नो लयमा फर्किन नसकेको बताए ।

उनले सत्तारुढ दलले राज्यका संयन्त्रलाई प्रभावमा पारेर जनतालाई झुक्याइरहेकोसमेत बताए ।

प्रतिपक्षी दल कांग्रेसले कोरोनाविरुद्ध सचेतना अभियान, प्रत्यक्ष कोभिड प्रभावितहरू आवाज सरकारसम्म पुऱ्याउने विषयलाई मुख्य प्राथमिकताका साथ उठाए पनि सरकारले आफ्नो कुरा सहज रूपमा नसुनेको उनको भनाइ छ ।

संक्रमणको जोखिमका कारण बाहिर निस्किन सक्ने अवस्था नभएको फाइदा उठाउँदै सरकारले संसद् बन्द गरी आफ्नो सुरक्षाकवचका रूपमा प्रयोग गरिरहेको आरोपसमेत उनले लगाए ।

कांग्रेसको कोभिड– १९ अनुगमन समितिका संयोजकसमेत रहेका नेता महतसँग सांस्कृतिक संघका पदाधिकारीले निश्चित मापदण्ड बनाएर चलचित्रसँग सम्बन्धित सम्पूर्ण विधालाई खुला गर्न पहल गर्न आग्रह गरेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्