Logo

प्रदेश सभा सदस्य सासंद रामकुमार राई ‘पासाङ’ले जन्तेढुँगा गाउँपालिकामा अस्पताल शिलन्यास गरे


मानसुङ चाम्लिङ, खोटाङ -नेपाल सरकारले घाेषणा गरेकाे देश व्यापी अस्पताल निर्माण अभियान अन्तर्गत प्रदेश सभा सदस्य सासंद रामकुमार राई ‘पासाङ’ले जन्तेढुँगा गाउँपालिकामा अस्पताल शिलन्यास गरेको हुन ।

जन्तेढुँगा गाउँपालिकामा प्रदेश सभा सांसद रामकुमार राई ‘पासाङ’ले १५ शैया अस्पतालकाे शिलन्यास गरेका छन् ।

खाेटाङकाे साकेला र केपिलास गढी गाउँपालिकामा भने शिलन्यास कार्यक्रम सरेकाे छ। साकेला गाउँ पालिका वडा नं २ मा अस्पताल बन्ने भएकाे छ। यस्तै दिप्रुङ चुईचुम्मा, खाेटेहाङ र बाराहा पाेखरीमा भने कार्यक्रम नरहेकाे सम्बन्धित पालिकाहरुले जनाएकाे छ ।

अाज देशभर एकैदिन ३९६ वटा आधारभूत अस्पतालको शिलान्याश भएको छ । ती मध्ये केही ठाउँमा अर्थमन्त्री बिष्णु पौडेल स्वास्थ्यमन्त्री भानुभक्त ढकालले र बाँकी ठाउँमा सोही ठाउँबाट निर्वाचित जनप्रतिनिधिहरुले शिलान्यास गरेका छन् ।

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ । चालु आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप चालु आवमा ३९६ स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न लागिएको हो ।

सरकारले पाँच श्ययाको अस्पताल निर्माण गर्न रु आठ करोड, १० श्ययाको अस्पतालका लागि रु ११ करोड र १५ श्ययाका अस्पताल निर्माणका लागि रु १८ करोड बजेट विनियोजन गरेको छ । ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो । प्रदेश नं १ मा ३२, प्रदेश नं २ मा २०, वाग्मतीमा  १९, गण्डकीमा  ५३, लुम्बिनीमा ६०, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ स्थानीय तहमा अस्पताल निर्माण गरिनेछ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्