सांसद विशाल भट्टराईले दुईवटा स्थानीय तहमा अस्पतालकाे शिलन्यास गरे
बिश्वराज राई, खोटाङ – प्रतिनिधि सभा सदस्य सांसद विशाल भट्टराईले दुईवटा स्थानीय तहमा अस्पतालकाे शिलन्यास गरेका छन्।
भट्टराईले हलेसी तुवाचुङ नगरपालिका र रावावेशी गाउँपालिकामा अस्पताल शिलन्यास गरेका हुन्। हलेसी तुवाचुङमा ५ शैयाकाे काेभिड अस्पताल केही समय अगाडि उद्घाटन भईसकेकाे थियाे ।
यस्तै रावावेशीकाे खार्पामा १५ शैयाकाे अस्पताल शिलन्यास गरिएकाे छ । यस्तै रावाबेशी गाउँपालिका हरमटारमा ५ शैयाकाे काेभिड अस्थायी अस्पतालकाे अाज उद्घाटन गरिएकाे छ। गाउँपालिकाले अाफ्नै लगानीमा निर्माण गरेकाे कर्मचारी अावाश गृहलाई अस्थायी काेभिड अस्पतालकाे रुपमा उद्घाटन भएकाे हाे।
सबै ठाउँ भएका कार्यक्रमहरुमा स्थानीय तहका प्रमुख उपप्रमुखकाे उपिस्थितिमा शिलन्यास कार्यक्रम भएकाे थियाे। अाज देशभर एकैदिन ३९६ वटा आधारभूत अस्पतालको शिलान्याश भएको छ ।
ती मध्ये केही ठाउँमा अर्थमन्त्री बिष्णु पौडेल स्वास्थ्यमन्त्री भानुभक्त ढकालले र बाँकी ठाउँमा सोही ठाउँबाट निर्वाचित जनप्रतिनिधिहरुले शिलान्यास गरेका छन् ।
गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ । चालु आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप चालु आवमा ३९६ स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न लागिएको हो ।
सरकारले पाँच श्ययाको अस्पताल निर्माण गर्न रु आठ करोड, १० श्ययाको अस्पतालका लागि रु ११ करोड र १५ श्ययाका अस्पताल निर्माणका लागि रु १८ करोड बजेट विनियोजन गरेको छ । ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो । प्रदेश नं १ मा ३२, प्रदेश नं २ मा २०, वाग्मतीमा १९, गण्डकीमा ५३, लुम्बिनीमा ६०, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ स्थानीय तहमा अस्पताल निर्माण गरिनेछ ।



