Logo

प्रदेश सभा सदस्य सासंद राजन राईद्वारा ऐसेलुखर्क गाउँपालिकामा अस्पताल शिलन्यास


मौसम राई, खोटाङ -नेपाल सरकारले घाेषणा गरेकाे देश व्यापी अस्पताल निर्माण अभियान अन्तर्गत प्रदेश सभा सदस्य सासंद राजन राईले ऐसेलुखर्क गाउँपालिकामा अस्पताल शिलन्यास गरेको हुन ।

ऐसेलुखर्क गाउँपालिकामा प्रदेश सभा सांसद राजन राईले १५ शैया अस्पतालकाे शिलन्यास गरेका छन्। हाल रहेकाे ऐसेलुखर्ककाे प्राथामिक स्वास्थ्य केन्द्र नजिकै शिलन्यास गरिएकाे हाे ।

यस्तै सांसद राईले अाजै अस्थायी काेभिड अस्पतालकाे समेत ऐसेलुखर्कमा उद्घाटन गरेका छन् । उनले जनताकाे स्वास्थ्य समस्या प्रति राज्य गंभिर भएर लागेकाे कार्यक्रममा बताएका छन् ।

प्रदेश सभा सदस्य सासंद राजन राईद्वारा ऐसेलुखर्क गाउँपालिकामा अस्पताल शिलन्यास

प्रदेश सभा सदस्य सासंद राजन राई फेसबुकमा स्टाटस लेख्दै राखेका छन, ‘नेपाल सरकारद्वारा प्रत्येक स्थानिय तहमा १५ सैयाको सुबिधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना अन्तर्गत ऐसेलुखर्कमा अस्पतालको शिलान्यास तथा ५ सैयाको कोभिड अस्पतालको उत्घाटन सम्पन्न।’

अाज देशभर एकैदिन ३९६ वटा आधारभूत अस्पतालको शिलान्याश भएको छ । ती मध्ये केही ठाउँमा अर्थमन्त्री बिष्णु पौडेल स्वास्थ्यमन्त्री भानुभक्त ढकालले र बाँकी ठाउँमा सोही ठाउँबाट निर्वाचित जनप्रतिनिधिहरुले शिलान्यास गरेका छन् ।

प्रदेश सभा सदस्य सासंद राजन राईद्वारा ऐसेलुखर्क गाउँपालिकामा अस्पताल शिलन्यास

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ । चालु आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप चालु आवमा ३९६ स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न लागिएको हो ।

सरकारले पाँच श्ययाको अस्पताल निर्माण गर्न रु आठ करोड, १० श्ययाको अस्पतालका लागि रु ११ करोड र १५ श्ययाका अस्पताल निर्माणका लागि रु १८ करोड बजेट विनियोजन गरेको छ । ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो । प्रदेश नं १ मा ३२, प्रदेश नं २ मा २०, वाग्मतीमा  १९, गण्डकीमा  ५३, लुम्बिनीमा ६०, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ स्थानीय तहमा अस्पताल निर्माण गरिनेछ । (फोटो : प्रदेश सभा सदस्य सासंद राजन राईकाे फेसबुकबाट)

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्