Logo

नेवार महिलाहरुलाई हाकुपटासी तालिम सम्पन्न


दिपमाला महर्जन, ललितपुर

ललितपुर जिल्लाको खोकना नेवारी समूदायको युवा महिलाहरुलाई लक्षित गरी हाकुपटासी बुनाई तालिम सम्पन्न भएको छ । आदिवासी जनजाति महिला युवा संजालको संयोजनमा उक्त तालिम सम्पन्न भएको संजालको अध्यक्ष रिसा श्रेष्ठले बताइन् । तालिममा ११ युवा महिलाहरु रहेका श्रेष्ठले बताइन् ।

नेवार महिलाहरुलाई हाकुपटासी तालिम गर्दै

आदिवासी समूदायहरुमा परम्परागत सिप तथा ज्ञानको भण्डार पुर्खौं देखी पुस्तान्तरण हुँदै आएको पाइन्छ । तर अहिलेको युवा पुस्तामा परम्परागत सिपहरु सिक्न छोड्दै गएको पाइन्छ । परम्परागत ज्ञान, संस्कृति, संस्कारहरु लोप हुनु भनेका आफ्नो पहिचान लोप हुनु हो । आफ्नो अस्तित्व लोप हुनु हो ।

नेवार महिलाहरुलाई हाकुपटासी तालिम गर्दै

यसकारण नेवार आदिवासी समूदायमा रहेको परम्परागत सिप र ज्ञानलाई युवा पुस्तामा पनि सिकाउन र यसको महत्व बारेमा बुझाउन उक्त तालिम सम्पन्न गरिएको अध्यक्ष श्रेष्ठले बताइन् ।

नेवार महिलाहरुलाई हाकुपटासी तालिम गर्दै

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्