Logo

टिकटकमा पनि ओलीको ‘डेब्यु’


सामाजिक सञ्जालका सबै माध्यममा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकमा पनि ‘डेब्यु’ गरेका छन् ।  देशको ठूलो पार्टी नेकपाका अध्यक्षसमेत रहेका उनले चार दिनअघि अकाउन्ट खोलेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

केपी शर्मा ओली अफिसियल नामको भेरिफाइड टिकटक अकाउन्टमा आजसम्म एउटा मात्र भिडियो पोस्ट भएको छ । उनलाई यो समाचार तयार पार्दासम्म १ हजार ४ जनाले फ्लो गरेका छन् भने उनको भिडियोलाई ६ हजार २ सय ११ जनाले लाइक गरेका छन् । उनको अकाउन्टमा रहेक टिकटकमा भाषणको अंश राखिएको छ ।

टिकटकले इन्टरनेटको ब्यान्डविथ धेरै खाने कारणले इन्टरनेट स्लो भएको भन्दै संसारभर चाइनिज एप बन्द गर्ने लहर छ । यसअघि अमेरिका र भारतले आफ्ना देशमा टिकटक एप बन्द गरेका छन् । तर, संसारभर बन्द हुँदै गएको एपमा प्रधानमन्त्रीले खाता खोल्नु  त्यो पनि चिनियाँ रक्षामन्त्री एक दिने भ्रमणमा आएको पूर्व सन्ध्यामा, निकै नै अर्थपूर्ण मान्न सकिन्छ ।

प्रधानमन्त्री अघि प्रधानमन्त्रीसँग नै सिँगौरी खेलिरहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतको पनि टिकटक अकाउन्ट रहेको समाचार आएका थिए । तर, प्रचण्ड सचिवालयले सो अकाउन्ट आधिकारिक नभएको जानकारी दिएको थियो । प्रचण्डको नाममा खोलिएको  टिकटक अकाउन्टमा २ सयभन्दा ज्यादा भिडियो पोस्ट गरिएको छ । -इकागजबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्