Logo

एकैदिन थप २९ जना कोरोना सङ्क्रमितको मृत्यु, मृतकको संख्याले १५०० नाघ्यो


काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जना कोराना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोराना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुको संख्या एक हजार ५०८ जना पुगेको छ।

नेपालमा कोराना सङ्क्रमणबाट हिजो (आईतबार) २५ जनाले ज्यान गुमाएका थिए।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप एक हजार ४७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ३३ हजार ४५२ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

आजै एक हजार ९३१ जना ‘डिस्चार्ज’ भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। हालसम्म नेपालमा दुई लाख १४ हजार ५२१ जना सङ्क्रमितहरु निको भएका छन् भने १७ हजार ४२३ जना सक्रिय सङ्क्रमित रहेका छन्।

नेपालमा कोरोनामुक्त जिल्लाहरुमा मनाङ र डोल्पा रहेका छन्। काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की  र रुपन्देही जिल्लाहरुमा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

(नेपालमा कोराना सङ्क्रमणबाट हिजो (आईतबार) २५ जनाले ज्यान गुमाएका थिए। प्रतिनिधिमुलक फाइल फोटो: रासस)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्