Logo

यती एअरलाइन्स्ले माउन्टेन फ्लाइटमा एक टिकट किन्दा अर्को सित्तैमा दिने


यती एअरलाइन्स्ले माउन्टेन फ्लाइट ( पर्वतीय उडान) मा एक टिकट किन्दा अर्को सित्तैमा दिने भएको छ। आउँदो सनिबारबाट यतिले माउन्टेन फ्लाइट पुनः सुरु गर्ने भएको हो।

केही समयअघि यतिले आन्तरिक पर्यटकीय गतिविधि बढाउन विभिन्न गन्तव्यका लागि न्यूनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको थियो।

‘गाँउदै नेपाली गाथा, हेरौं आफ्नै सगरमाथा’ भन्ने नारासहित माउन्टेन फ्लाइट गर्न लागेको कम्पनीले बताएको छ।

नेपाली यात्रुहरु र नेपालमा बसोबास गर्ने विदेशी तथा भारतीय नागरिकका लागि छुट्टाछुट्टै उडान प्याकेज घोषणा गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

यतीले नेपाली यात्रुका लागि आठ हजार नौ सय ९९ र नेपालमा बस्ने वा काम गर्ने विदेशी तथा भारतीय यात्रुका लागि १३ हजार ४ सय ९९ रुपैयाँमा दुईवटा टिकट दिने बताएको छ।

यस अन्तर्गत यात्रुले झ्यालको एउटा टिकट किन्दा संगै रहेको सिटको अर्को टिकट निःशुल्क पाउनेछन्।

एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत समेत रहेका प्रवक्ता बर्तौलाले उच्च सर्तकता अपनाएर पर्वतीय उडान सुरु गरिएको बताए।

‘हामीले पर्यटन गतिविधि बढाउन यो आकर्षक प्याकेज ल्याएका छौं। यात्रुुहरुले सस्तोमा विभिन्न हिम श्रृंखलाहरु गौरीशंकर, मेलुम्चे, चोयु, नुप्त्से, आमादब्लमको साथै सगरमाथाको नजिकबाट अनुभव लिन सक्नेछन्’, उनले भने।

अब प्रत्येक सनिबार काठमाडौंबाट नियमित पर्वतीय उडानहरु हुनेछन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्