चिनियाँ रक्षामन्त्री वेई फेङ्हेलाई नेपाली सेनाद्वारा जङ्गी अड्डामा सलामी (फोटो फिचर)
काठमाडौँ: नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आएका चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हे नेपाली सेनाको भद्रकालीस्थित जंगी अड्डा निरीक्षणका लागि पुगेका छन् ।
उनलाई नेपाली सेनाको एक टोलीले उनलाई सम्मान गारद अर्पण गरेको थियो ।

चिनियाँ विशिष्ट पाहुना २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन् । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन् ।

उनलाई रक्षामन्त्री वेइलाई गृहमन्त्री थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।





