वृत्तचित्र ‘किरात पहिचान’ सार्वजनिक: किरात प्रदेश नहुनमा नेकपा भित्रैकाले बुझ पचाए-प्रदेश सदस्य राई
कृसला राई, खोटाङ- किरात राई साँस्कृतिक कलाकार संघका उपाध्यक्ष सालिक शातासकको खोज संकलन र निर्देशनमा तयार गरिएको वृत्तचित्र ‘किरात पहिचान’ सार्वजनिक गरिएकाे छ ।
यो वृत्तचित्र ‘किरात पहिचान’ सार्वजनिक गरिए सँगसगै खोटाङ जिल्लाका प्रदेश सभा सदस्य राम कुमार राई ‘पासाङ’ले किरात प्रदेश नबन्नुमा नेकपा भित्रकै केहि नेतृत्वकोले नचाएको कारण किरात प्रदेश घोषणामा ढिलो भएको कुरा बताएका छन ।
किरात राई यायोक्खा जिल्ला कार्य समिति खोटाङको व्यवस्थापनमा शनिबार दिक्तेल रूपाकाेट मझुवागढी नगरपालिकास्थित जिल्ला समन्वय समितिकाे हलमा आयाेजित कार्यक्रममा प्रदेश १ का सांसद रामकुमार राईबाट वृत्तचित्र सार्वजनिक गरिएकाे थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य राम कुमार राई ‘पासाङ’ले भने, ‘पहिचान अमुल्य सम्पती हो, किरात प्रदेश र अ’धिकारको लागी पुस्तौ पुस्ता आ’न्दोलन गर्ने तयार रहेको छौ ।’ राई थपे, ‘रामप्रसाद राईको पुस्ता हुँदै अहिलेसम्म आन्दोलनमा छौ, हार्मो छोरा-नाती हुँदै पहिचान नपाएसम्म पुस्तौपुस्ता ल’डी रहछौ ।’
विगतदेखि वर्तमानसम्म प्राप्त भएका उपलब्धिहरु र अबको पहिचानकाे आ’न्दोलनको बाटो कतातिर हो ? भन्ने विषयहरु समेटिएर गरिएको कार्यक्रममा गैर-किरातलाई समेत किरात प्रदेशको पक्षमा उभिदा केहि किरात समुदाय भित्रकै केहि किरातीहरुले समस्या पारेको देखिएको समेत प्रदेश सभा राम कुमार राई ‘पासाङ’ले बताए ।

एक घण्टा पाँच मिनेट लामाे उक्त वृत्तचित्रमा आदिवासी किरात पहिचानका लागि गरिएका ऐतिहासिक वि’द्रोहहरु, आ’न्दोलनको ऐतिहासिक शृंखलाहरु, महत्वपूर्ण संघर्षहरु,बिचार र राजनीती आदिको बिषयमा बनेको छ ।
सालिक शतासकको खोज संकलन र निर्देशनमा रहेको वृत्तचित्र ‘किरात पहिचान’ कार्यक्रममा जिल्ला समन्वयन समिति खोटाङका प्रमुख बबी चामलिङ, नेकपा पार्टिका खोटाङ जिल्ला सचिव रामप्रसाद दङ्गाल, जसपा खोटाङ पिके खम्बु, मुन्धुम अनुसन्धानकर्ता भोगिराज चाम्लिङ आदी अथितीहरु रहेको थियो ।



