Logo

केपी ओलीमा अझै कमजोरी महसुस गरेर आत्मालोचनासहित पार्टीलाई अघि बढाउने भाव नदेखिएको प्रचण्डको स्पष्ट उक्ती


मुन्धुमस्टार डटकम — नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीमा अझै कमजोरी महसुस गरेर आत्मालोचनासहित पार्टीलाई अघि बढाउने भाव नदेखिएको बताएका छन् । प्रधानमन्त्री ओलीको एक घन्टा लामो मन्तव्यपछि शनिबारको सचिवालय बैठकमा छोटो सम्बोधन गरेका प्रचण्डले त्यस्तो बताएका हुन् ।

‘उहाँको प्रस्तावबारे त अध्ययन गरिसकेपछि नै भन्न सकिएला, तर प्रस्तुतिमा कति पनि आत्मलोचनाको भाव देखिएन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने ।

यद्यपि, ओलीका तर्फबाट जवाफी प्रस्ताव आउनुलाई आफूले सकारात्मक रूपमै लिएको बताउँदै प्रचण्डले दुवै प्रस्तावमाथि सही ढंगले छलफल गरिए पार्टी एकतालाई अझ उन्नत र मजबुद बनाउन सकिने विश्वास व्यक्त गरेका थिए ।
‘आत्मालोचनाको भाव नदेखिए पनि प्रस्ताव आउनु सकारात्मक कुरा हो । यसको हामी स्वागत गर्छौँ । अब व्यवस्थित छलफल गर्छौँ । पार्टी एकताको रक्षा गर्न नै मैले पनि प्रस्ताव प्रस्तुत गरेको हुँ । तपाईंको प्रस्तावलाई पनि सही ढंगले छलफल गरियो भने पार्टी एकता अझ उन्नत र मजबुद हुन्छ,’ प्रचण्डको भनाइ थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्