जहाँ नेकपा, त्यहाँ युवा–जनताको साथमा नेकपा कार्यकर्ता र नेता

मान्सुङ चाम्लिङ, खोटाङ-नेकपाको राष्ट्रिय परिस्थिति माझिने क्रममा भएता पनि खोटाङ जिल्लाका युवाहरु भने नेकपामा प्रवेश गर्दै संगठित हुने प्रक्रिया तिब्र रुपमा बढी नै रहेको छ ।
दिक्तेल रुपाकोट मझुवागडी वडा नं.१० पाथेकामा नेकपा नेता र कार्यकर्ताहरु जनताहरुको समस्याहरु सुन्न र भएका विकासका कार्यक्रमहरु अवलोकन गर्ने क्रममा स्थानिय विभिन्न राजनीतिक दलका २२ बढी युवाहरु नेकपामा प्रवेश गरेको नेकपा जिल्ला कमिटी सचिव राम दंगालले बताउनु भयो ।

नेपाली जनस्तरको आर्थिक, शैक्षिक, साँस्कृतिक र विकासको हिसाबले नेपाल देश, एक कम्युनिष्ट राष्ट्र हो भनेर प्राकृतिक रुपमै स्पष्ट छ । तर नेपाली समाजको चेतना र राजनीतिक अस्थिरताको कारण नेपाली जनताहरु व्यवहारिक र हरेक हिसाबले कम्युनिष्ट भएर पनि अन्य राजनीतिक पार्टीतिर अल्मलिरहेको जिल्ला पार्टी सचिव राम दंगालले बताउनु भयो ।
तर पनि अन्तत गरिब, किसान, मजदुर, सर्वहारावर्ग लगायत सबैको हित र सम्मान नेपाल कम्युनिष्ट पार्टीले नै सम्बोधन र संरक्षण गर्नेहुनाले सबै जनताहरु अब नेकपामा लामवद्ध भएर एकतावद्ध भएर जनताहरुको प्रतिक्रिया रहेको सचिव दंगालले बताउनु भयो ।

जनताहरुसँगको भेटघाट कार्यक्रममा मा. विशाल भट्टराई, नकेपा जिल्ला पार्टी सचिव राम दंगाल, स्कुलिङ विभाग प्रमुख विनोद आचार्य, उपप्रमुख विणादेवी राई, सचिवालय सदस्य सन्तोष राई लगायत कार्यकर्ताहरुको वाक्लो उपस्थिति रहेको थियो ।