Logo

आदिवासी महिला अधिकार र महिला हिं’सा बारेमा सचेतना कार्यक्रम सम्पन्न


निर्मला घलान, मकवानपुर-आदिवासी तामाङ युवा महिलाहरुलाई लक्षित गरी आदिवासी अधिकार, महिला अधिकार र आदिवासी महिलाहरुको अधिकार बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

यसको साथै महिलाहरुले भोग्नु परेको महिला हिं’साको बारेमा समेत सचेतना कार्यक्रम तथा प्रशिक्षण कार्यक्रम संचालन गरिएको आदिवासी जनजाति महिला युवा संजालका अध्यक्ष रिसा श्रेष्ठले बताइन् ।

आदिवासी अधिकार, महिला अधिकार र आदिवासी महिलाहरुको अधिकार बारेमा प्रशिक्षण गर्दै

२५ जना युवा महिलाहरुलाई ल’क्षित गरिएको प्रशिक्षण कार्यक्रममा महिला अधिकारको बारेमा नेपाल सरकारको का’नुन, स्थानिय सरकारको नीति तथा कार्यक्रम बारेमा प्रशिक्षित गरिएको सहभागी विमला घलानले बताइन् ।

कार्यक्रममा स्थानिय महिलाहरुले भोग्नु परेको स’मस्या, लैंगिक हिंसा लगायतको विषयहरुमा छलफल गरी यसलाई न्युनिकरण गर्न महिलाहरु संगठित र सचेत हुनुपर्ने साथै स्थानिय सरकारसँग आवश्यक समन्वय गर्नुपर्ने छलफलबाट कार्ययोजना समेत तयार गरिएको सहभागी मिना ब्लोनले बताइन् ।

आदिवासी अधिकार, महिला अधिकार र आदिवासी महिलाहरुको अधिकार बारेमा प्रशिक्षण गर्दै

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्