सेनिटाइजर तालिम सम्पन्न
मुन्धुमस्टार
दिपमाला महर्जन, ललितपुर-नेवार महिला, युवाहरुलाई लक्षित गरी मेनिटाइजर तालिम सम्पन्न गरिएको छ ।
कोभिड १९ को महामारीले तहस नहस बनाइरहेको समयमा आफुले प्रयोग गर्ने सेनिटाइजर आफैले बनाउन तथा कोभिडबाट सचेत रहन उक्त तालिम संचालन गरिएको सहभागी कोपिला महर्जनले बताइन ।
आदिवासी नेवार महिलाहरुले आफैले घरमा सेनिटाइजर बनाउने र आफैले प्रयोग गर्न सक्षम हुनेगरी यो तालिम सम्पन्न गरिएको आदिवासी जनजाति महिला युवा संजालकी अध्यक्ष रिसा श्रेष्ठले बताइन ।




