मेघराज राईको ‘सुन्दरी’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक

काठमाण्डौ- सांगीतिक आकाशका चम्किला नक्षेत्र मेघराज राईको ‘सुन्दरी’ गीतको अफिसियल म्युजिक भिडियो भर्खरै मात्र सार्बजानिक भएको छ । ‘सुन्दरी’ नामक बोलको गीत हाइलाइट म्युजिक कम्पनीले अफिसियल च्यानलबाट मार्फत सार्बजनिक गरिएको हो।
अत्यन्तै सुमधुर स्वरका धनी मेघराज राई सुगम सङ्गीतको एक धरोहर नै हुन् |जस्तो पनि गीतलाई हृदय बाटै गाउन सक्ने एक कुशल गायक हुन् ।
उहाको कर्णप्रिय आवाजमा सजिएको ‘सुन्दरी’ नामक बोलको म्युजिक भिडियोको गीतामा रचना भक्त्तराज राई, सङ्गीत उदय राईको रहेको छन । त्यस्तै गरी एरेन्ज राजु कार्की, रेकर्डिस्ट सुरेश राई र स्टुडियो किंङा स्टुडियोमा रेकर्ड गरिएको हो ।
त्यस्तै अभिनयतर्फ चर्चित मोडेल तथा हास्यकलाकार उमेश राई(फुलान्देको आमा ) रन्जिता सुनुवारको दमदार अभिनय रहेको छ । बाकी युट्युबमा हेर्न सक्नुहुनेछ ।