Logo

‘एसो हेरे’ बोलको अफिसियल म्युजिक भिडियो सार्वजनिक


बिश्वराज राई, काठमाण्डौ – ‘एसो हेरे’ बोलको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । बरिष्ठ संगीतकार तथा गितकार सशी गुरुङ बाङदेलको शब्द रचना रहेको यो अफिसियल म्युजिक भिडियोको संगित सशी गुरुङ बाङदेलले नै गरेका हुन । ‘एसो हेरे’ गीत लोकप्रिय तथा चर्चित गायक पदम राईको स्वर रहेको छ।

‘एसो हेरे’ बोलको गीत  “केन्द्र मोसन पिक्चरको अफिसियल युट्युब च्यानल” बाट आज सार्बजनिक भएको उक्त गीतको संगित संयोजन बरिष्ठ संगित संयोजन राजु कार्किको रहेको छ। त्यस्तैगरी मिक्सिङ तथा मास्टरिङ बरिष्ठ साउण्ड ईन्जिनियर तथा रेकर्डिष्ट किशोर थापाले गरेका हुन।

ए प्लस रेकर्डिङ स्टुडियोमा नरेस बिबिसिले रेकर्ड गरिएको यस गीतलाई केन्द्र मोसन पिक्चरले भिडियो निर्माण गरेको हो भने यो अफिसियल म्युजिक भिडियोलाई सम्पादन अनिल रानाले गरेका हुन। त्यस्तै गरी छायाङकन ज्ञानेद्र शर्माले गरेको हुन ।

चर्चित युवा निर्देशक किरण चाम्लिङ राईले निर्देशन गरेको यस भिडियोमा सुपरस्टार दयाहाङ राई र एलिशा राईले अभियान गरेको छन । बाकी भिडियोमा हेर्नुहोस :

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्