Logo

गीत “मृत्यु एक बिन्ती छ” बोलको म्युजिक भिडियो सार्बजनिक


 

शान्ती राई, काठमाण्डौ- “मृत्यु एक बिन्ती छ” बोलको लिरिकल म्युजिक भिडियो आज सार्बजनिक भएको छ। बरिष्ठ कवि तथा गितकार भुपाल राईको शब्द रचना रहेको यो गीतको संगित युवा संगीतकार आश कुमार राईले गरेका छन भने लोकप्रिय तथा बरिष्ठ गायक उदय सोताङको स्वर रहेको छ।

कवि तथा गितकार भुपाल राईको आफ्नै युट्युब च्यानल “भुपाल राई अफिसियल युट्युब च्यानल” बाट आज सार्बजनिक भएको उक्त गीतको संगित संयोजन बरिष्ठ संगित संयोजन लाहाङ सुब्बाको रहेको छ। त्यस्तैगरी मिक्सिङ तथा मास्टरिङ बरिष्ठ साउण्ड ईन्जिनियर तथा रेकर्डिष्ट मित्र लामाले गरेका हुन।

संङगम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीतलाई ओजस स्टुडियो प्रालिले भिडियो निर्माण गरेको हो भने यो  गीतको लिरिकल भिडियो सम्पादन धड्कन लिम्बु तथा वरिष्ठ भिडियो सम्पादक नरोत्तम पाण्डेले गरेका हुन।

यो गीतको सन्दर्भमा गितकार भुपाल राई भन्छन, ‘सयकडौं गीतहरु लेखिए रेकर्ड भए आ-आफ्नो ठाँउमा सबै गीतहरुको महत्व र सान्दर्भिकता उत्तिकै मुल्यको छ। तर यो गीत ती गीतहरु भन्दा फरक गीत हो। यो गीत एउटा सामाजिक, राजनितिक, दार्शनिक र ब्रह्माण्डिय चेत सहितको भौतिकबादी दृष्टिकोणबाट समाज रुपान्तरणको अभिष्ट पोख्ने गीत हो, जुन गीतले यो समाजमा रहेको बर्गिय असमानताको खाडलहरु पुर्दै उन्नत र समतामूलक समाज निर्माणको चेतना प्रवाह गरेको छ। यश अर्थमा यो गीत अरु गीतहरु भन्दा फरक छ।’

यहिँ गीतको सवालमा संगीतकार आश कुमार राई भन्छन, ‘मृत्यु-दर्शन र जीवन-दर्शन एक अर्का प्रती  बिपरित छन। मृत्यु शाश्वत छ, तर एउटा भौतिकबादी चेतले उक्त शाश्वत मृत्यु माथी निर्मम ढंङ्गले आफ्नो उदेश्य र कर्तब्यहरुको बारेमा जानकारी गराउँदै अतिरिक्त समयको जोरदार माग गरिरहेको छ। त्यसैले बजारमा चलेका सतही गीतहरु भन्दा चेतना र दृष्टिकोणमा शन्देस प्रबाहको हिसाबले यो गित निक्कै माथी छ। र, जिबन्त छ ।’

जिन्दगीको अन्तिम सत्य भनेको नै मृत्यु हो। मान्छे र जिन्दगी बीच रस्साकस्सीको ‘फाइनल म्याच’ हो मृत्यु। एरनेस्ट हेमिंगवे भन्छ्न्–” हरेक मान्छे बाँच्छ र मर्छ । तर, ऊ कसरी बाँच्छ र कसरी मर्छ भन्ने कुराले मानिसहरुको अलग अलग परिचय बन्छ।” त्यसैले बाँच्दा र मर्दा एउटा गतिलो परिचय छोड्नुपर्छ ।

बास्तवमा हामीले मृत्युको कला सिक्यौँ भने मात्र जीवनको कला सिकेको बुझिनेछ। जीवनको सुन्दारता बढाउन मृत्युको बोध हुनु आवश्यक छ । प्रेमको उत्कर्ष अन्धोप्रेम र विश्वासको उत्कर्ष अन्धविश्वास भए झै मृत्युको उत्कर्ष जीवन हो भन्ने बोध सबैलाई बेलैमा होस् ।

यिनै कारणले यो गीत सबैको लागि बनेको हो। तर सबैको लागि बनेपनी सबैको चेतनाको पहुँचमा सम्म नहुन पनि सक्छ। किनकी चेतना सबैको एउटै उचाईको नहुन सक्दछ। त्यस्तै मानिसको दृष्टिकोण पनि एउटै नहुन सक्दछ। तर समाज बिज्ञान र सामाजिक चेतनाको दृष्टिकोणले यो गीत सम्पुर्ण चेतनसिल आम मानिसहरु अनि समाजको निम्ति नै बनेको यस गीतको गितकार तथा संगीतकारले मुन्धुमस्टार डटकमलाई बताए।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्