काठमाण्डौ-नेकपा (माओवादी केन्द्र)को छैंठौं केन्द्रीय समितिको ३ दिनसम्म बसेको बैंठकले ‘मुख्यत: रुपान्तरणमा जोड एबम महाध्रुवीकरण पहल’को निर्णय गर्दै बैठक सम्पन्न गर्‍यो ।  पार्टी केन्द्रीय समितिको धारणाबारे जानकारी दिन सो पार्टीले आज ११ बजे रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

बैंठकले केही दिनअघि माओवादी केन्द्रको नाममा भेला गरेर कर्णजित बुढाथोकीको नेतृत्वमा बनेको पार्टीलाई ष’डयन्त्रकारी र दुई वर्षसम्म लेबी नतिरेका अ’राजकतावादी समुहहरुको झुण्ड भनेर आरोप लगाएको छ ।

साथैं बैंठकले गोपाल किरातीको नेतृत्वमा माओवादी केन्द्रलाई थप सुदृढ र विस्तार गरेर लैजानुका साथैं नेपालमा रहेका सच्चा कम्युनिस्टहरुबीच महाध्रुवीकरण गरेर जाने निर्णय समेत पत्रकार सम्मेलनमा बताए ।

ष’डयन्त्रकारीद्वारा नेतृत्व ह’त्याउने लिनप्याओवादी प्रबृती र दुई वर्षसम्म लेबी नतिरेका अ’राजकतावादी समुहहरुको झुण्डलाई लम्पट चरित्रका संसदवादी भाईरसहरुको संज्ञा दिएका छन ।

उक्त पार्टिले पत्रकार सम्मेलन गर्दै देशभक्त समाजबादी आ’न्दोलनको तयारी गर्दै साझा कार्यसुचीमा सयुक्त आ’न्दोलन गर्ने निर्णय गरेको बताएका छन । पार्टिको आन्तरिक कामतर्फ माओ दिबा पुष ११ गए समाजबादी निर्वाचन प्रणालीको सयुक्त राज्यसत्ता निमार्णबारे गोष्टी गर्ने, जनयुद्ध दिवस पुस १ गते देशब्यापी अन्तरक्रीय भेला गर्ने, ८ मार्चमा अनेमसङ्घ (क्रान्तिकारि)ले कार्यक्रम गर्ने, चैत्र २४ गरे जनआ’न्दोलन दिवस सशक्त जनप्रदर्शन तथा अन्त राष्ट्रीय श्रमिक दिबसको अबसरमा कार्यक्रम गर्ने बिभिन्न योजना समेत निर्णय गरिएको छ ।

उक्त पार्टीद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ–‘देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्न, एमसीसी र भूमि अतिक्रमण जस्ता इण्डो–अमेरिकन आतंक विरुद्ध जनप्रतिरोध आन्दोलन सशक्त बनाउन, डवल नेकपा सरकारका भ्रष्टाचारी, फासिवादी, राष्ट्रघाती हर्कतको विरोध गर्न, एकल रुपमा देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने निर्णय गरियो ।’

संगठन र कार्यबिभाजन सम्बन्धी पार्टिले अध्यक्ष क. गोपाल किराती, उपाध्यक्ष क. बिनोद उपाध्याय, महा-सचिव क. राजन तिमील्सिना, सचिवद्ध्य क. आलोक रायमाझि, क. बिमल निरौला छन भने केन्द्रीय समिती र राजनीतिक परिषदमा सदस्यहरु थप गरी ११ सदस्सिय स्थायी समिती समेत गठन गरिएको जानकारी दिए ।

क्रान्तिकारी शैलिमा नेकपा माओबादी केन्द्रले पूर्बी कमाण्डको इन्चार्ज क. बिमल निरौला र त्यस अन्तर्गत प्रदेश १ मा क. नरेद्र कटुवाल र प्रदेश २ मा क. बब्लु ठाकुर इन्चार्ज/संयोजक तोकिएको छ । त्यस्तै गरी मध्यक कमाण्डमा क. राजन तिमील्सिना इन्चार्ज र प्रदेश ३ मा क. मेघबहादुर खत्री तथा प्रदेश ४ मा कार्यलयको कमाण्डमा हेर्ने गरी जिम्मेवार तोकीएको छ । पश्चिम कमाण्ड क. आलोक रायामाझी इन्चार्ज हुने गरी प्रदेश ५ क. अबीन गोतामे र तथा प्रदेश ७ मा कैलाश आउजी र प्रदेश ६ कमाण्ड कार्यलयले हेर्ने जिम्मेवारी तोकीएको कुरा बताए ।

जनबर्गिय संगठनतर्फ राष्ट्रीय पहिचान मोर्चा इन्चार्ज क. पासाङ मोक्तान, अनेमसङ्घ (क्रान्तिकारी) संयोजक क. बन्दना तामाङ, देशभक्त जनसास्कृतिक परिवार (देजसा) मा क. साहस राई, प्रेस सेन्टर नेपाल क. सुमन बाङदेल र किसान सङ्घ, क. आनन्द राम फुयाललाई जिम्मा दिइयो भने अन्य जबस र वाईसिएलको नेतृत्व यथावथ रहेको छ ।

लिनप्याओवाद भनेको के हो त ? लिनप्याओ भन्ने नेता चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता थिए । जनयुद्धकालमा उनी वरिष्ठ फौजी कमाण्डर पनि थिए । सांस्कृतिक क्रान्ति सुरु भएपछि माओपछिका दोस्रो वरिष्ठ नेता तथा राष्ट्रपति ल्यु शाओ चीलाई पार्टी र सरकारका सबै पदहरूबाट हटाएर पार्टी सदस्यताबाटै निष्कासन गरियो ।त्यसपछि माओले लिनप्याओलाई पार्टीमा दोस्रो स्थानमा ल्याएर आफ्नो उत्तराधिकारी घोषणा गरे ।

तर, केही समयपछि माओ र लिनप्याओकै बीचमा कुरा नमिल्न सुरु भयो । जस्तै, लिनप्याओले आफूलाई राष्ट्रपति बनाइनुपर्ने प्रस्ताव राखे तर माओले मानेनन् । त्यसपछि लिनप्याओले माओलाई हटाएर आफू पार्टी र सरकार तथा लालसेनाको सर्वेसर्वा हुने उपाय सोच्न थाले । अरू उपायबाट माओलाई हटाउन सम्भव नभएपछि ष’ड्यन्त्रपूर्ण तरिकाले माओको ह’त्या गर्ने र हत्याको दोष ल्यु साओ चिका समर्थकहरूलाई लगाएर आफू देशको सर्वोच्च नेता बन्ने गोप्य योजना लिन प्याओले बनाए ।

तर, यो योजना माओले थाहा पाए । माओले आफ्नो गोप्य योजना थाहा पाएको सूचना पाएपछि लिनप्याओ हतारमा प्लेन चढेर सोभियत सङ्घतर्फ भागे । तर, बीचबाटोमा मंगोलियामा नै प्लेन दु’र्घटना भयो र लिनप्याओ त्यहीँ म’रे ।

 

प्रेस विज्ञप्ति

मितिः ११/०८/०७७

पत्रकार साथीहरु,
“मुख्यतः रुपान्तरणमा जोड एवं महाधू्रवीकरण पहल” को निर्णय गर्दै नेकपा (माओवादी केन्द्र), केन्द्रीय समितिको छैठौं बैठक ०७७ मंसिर ८–१० गते काठमाडौमा बस्यो । बैठकका निर्णयहरु सार्वजानिक गर्न यो विज्ञप्ति जारी गरिएको छ ।

१ देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्न, एमसीसी र भूमि अतिक्रमण जस्ता इण्डो–अमेरिकन आतंक विरुद्ध जनप्रतिरोध आन्दोलन सशक्त बनाउन, डवल नेकपा सरकारका भ्रष्टाचारी, फासिवादी, राष्ट्रघाती हर्कतको विरोध गर्न, एकल रुपमा देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने निर्णय गरियो ।

२ पार्टीको आन्तरिक कामतर्फ माओ दिवस पुस ११ गते समाजवादी निर्वाचन प्रणालीको संयुक्त राज्यसत्ता निर्माणबारे काठमाडौमा छलफल गोष्ठी गर्ने, जनयुद्ध दिवस फागुन १ गते देशव्यापी अन्तरक्रिया भेलाहरु गर्ने, आठ मार्च कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी)लाई सहयोग गर्ने, चैत्र २४ गते जनआन्दोन दिवसमा सशक्त जनप्रदर्शन तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ०७८ बैशाखमा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरियो ।

३ संगठन र कार्यविभाजन सम्बन्धी निर्णयहरु

षडयन्त्रद्वारा नेतृत्व हत्याउने लिनप्याओवादी प्रवृत्ति र दुई बर्षमा एक पैसा लेवी नतिरी नेता पल्टने लम्पट चरित्रका संसदवादी भाईरसहरु विगत अन्तरपार्टी संघर्षबाट स्वयं निश्काशित भएकाछन् । त्यस उप्रान्त छैठौं बैठकले निम्नअनुसार पदपूर्ति र कार्यविभाजन गरेको छ ।

क अध्यक्ष क. गोपाल किराती, उपाध्यक्ष क. विनोद उपाध्याय, महासचिव क. राजन तिमल्सिना, सचिवद्वय क. आलोक रायमाझी र क. विमल निरौला रहनु भएको छ । साथै, केन्दीय समिति र राजनितिक परिषदमा सदस्यहरु थप गरी ११ सदस्सीय स्थायी समिति गठन गरिएको छ ।

ख पूर्वी कामाण्डको इन्चार्ज क. विमल निरौला र त्यस अन्तर्गत प्रदेश १ मा क. नरेन्द्र कटुवाल तथा प्रदेश २ मा क. बब्लु ठाकुरलाई इन्चार्ज÷संयोजक तोकिएको छ । मध्ये कमाण्डमा क. राजन तिमल्सिना इन्चार्ज र प्रदेश ३ मा क. मेघबहादुर खत्री तथा प्रदेश ४ कमाण्ड कार्यलयले हेर्ने । पश्चिम कमाण्ड क. आलोक इन्चार्ज हुनेगरी प्रदेश ५ क. अवीन गोतामे तथा प्रदेश ७ क. कैलाश आउजी र प्रदेश ६ कमाण्ड कार्यलयले हेर्ने ।

ग जनवर्गीय संगठनतर्फ राष्ट्रिय पहिचान मोर्चा इन्चार्ज क. पासाङ मोक्तान, अनेमसंघ (क्रान्तिकारी) संयोजक क बन्दना तामाङ, देजसा परिवार क. शाहस राई, प्रेस सेन्टर क. सुमन वाङदेल र किसान संघ क. आनन्दराम फुयाललाई जिम्मा तोकिएको छ । अन्य जवस र वाइसिएलको नेतृत्व यथावत कायम छ ।

घ केन्द्रीय कार्यलयले जारी गर्ने समय तालिका अनुसार पार्टी सदस्यता एकीन, नविकरण र वितरण गरी जिल्ला भेला र प्रदेश सम्मेलन हुदै राष्ट्रिय सम्मेलन प्रतिनिधि निर्वाचित गर्ने ।

अन्त्यमा, आम रुपमा माओवादी कम्युनिष्टहरु र विशेष रुपमा वैज्ञानिक समाजवादका लागि महाध्रूवीकरण अभियान संचालन गर्दै अघि बढ्ने निर्णयलाई जनसमुदायमाझ अवगत गराइदिनु हुन पत्रकार साथीहरुमा हार्दिक अनुरोध गर्दछौं ।

(गोपाल किराती), अध्यक्ष                                                                                                                                                     

  (राजन तिमल्सिना), महासचिव

नेकपा माओबादी केन्द्र पार्टी अध्यक्ष क. गोपाल किराती
नेकपा माओबादी केन्द्र पार्टी उपाध्यक्ष क. विनोद उपाध्याय
नेकपा माओबादी केन्द्र पार्टी महासचिव क. राजन तिमल्सिना
नेकपा माओबादी केन्द्र पार्टीको प्रेस बिज्ञाप्ती कार्यक्रम
नेकपा माओबादी केन्द्र पार्टीको प्रेस बिज्ञाप्ती कार्यक्रम
नेकपा माओबादी केन्द्र पार्टीको प्रेस बिज्ञाप्ती कार्यक्रम