एजेन्सी । चीनसँगको राजनीतिक त’नाव जारी रहेका बेला भारतले ४३ वटा थप चिनियाँ एपहरु ब’न्द गरिदिने भएको छ । यसबारेमा बुधबार भारतस्थित चिनियाँ दूतावासका प्रवक्ता जि रोङले भनेका हुन्, “भारत पक्षबाट राष्ट्रिय सुरक्षामा ख’तरा भन्ने बाहानामा हाम्रा केही मोबाइल एपहरु प्रतिबन्धित गर्नुको हामी वि’रोध गर्दछौँ । ”

भारत सरकारले मंगलबार मात्र यसबारे घोषणा गर्दै अलिबाबाका सेवाहरु सहित दर्जनौँ अरु चिनियाँ एपहरु निषे’ध गर्ने निर्णय सुनाएको हो । अलिबाबा कम्पनीले यस सम्बन्धी अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

यस सम्बन्धी भारतको सूचना तथा प्रविधि मन्त्रालयले आफ्नो बयानमा भनेको छ, “भारतको सार्वभौमिकता, अख’ण्डता, राज्य तथा जनताको सुरक्षा र सुव्यवस्थालाई ती एपहरुले प्रभावित गर्न सक्ने हुनाले त्यसैका आधारमा सो का’रबाही अघि बढाइएको हो ।”

यसरी चर्चित एप टिकटक सहित भारतले पछिल्लो पाँच महिनामा २०० भन्दा धेरै चिनियाँ एपमाथि प्रतिबन्ध लगाइसकेको छ । सिमा क्षेत्रको वि’वादमा यसअघि चनियाँ सेना र भारतीय सेनाबीच झ’डप पनि भएको थियो । जसपछि नै भारतीयहरुले चिनियाँ सरसामग्री र सेवाहरुलाई ब’हिस्कार गर्ने माग सुरु गरेका हुन् । सीएनएन