बि’रामी बोकेर काठमाडौंतर्फ जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्यो, तीन जना बे’पत्ता
बि’रामी बोकेर काठमाडौंतर्फ जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खसेर तीन जना बे’पत्ता भएका छन्। प्युठानबाट बिरामी लिएर काठमाडौंतर्फ जाँदै गरेको लु १ च ९७३१ नम्बरको भ्यान चितवनको इच्छाकामना गाउँपालिकास्थित पृथ्वी राजमार्गको नाग्दी खोला नजिकैबाट त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ।
चितवन प्रहरीका डिएसपी सूर्यबहादुर थापाका अनुसार भ्यानमा सवार प्युठानका ३८ वर्षीय मुकुन्दबहादुर रोक्दा नदीमा पौडी खेलेर बाहिर निस्किएका छन् भने अन्य तीन जना बेपत्ता भएका छन्।
गाडीका चालक प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी, ३३ वर्षीया जमुना रोक्का र उनकी १५ वर्षीया बिरामी छोरी जिनिसा रोक्का बेपत्ता भएको थापाले बताए। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरिरहेको उनले बताए।
प्रहरीकाअनुसार भ्यान राजमार्गबाट करिब ६० मिटर तल खसेको छ। उक्त भ्यानलाई नदीले पुरै डु’बाएको छ। पोडी खेलेर उत्रिएका रोक्काको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।



