Logo

‘साकेला साहित्य महोत्सव’ गरिँदै


सुनिता किराती, काठमाण्डौ- किरात राई लेखक संघले किरातहरुको महान चाड साकेला-उधौलीको अवसरमा ‘साकेला साहित्य महोत्सव-२०७७’ आयोजना गर्ने भएको छ ।

महोत्सव आगामी पुस ११ र १२ गते गरिनेछ । सो अवसरमा ‘साकेला कविता प्रतियोगिता’समेत गरिनेछ । दुवै दिन बेलुकी ४ बजेदेखि कार्यक्रम आरम्भ गरिनेछ ।

‘भर्चुअल प्रविधि’मार्फत आयोजना गरिने महोत्सवको पहिलो दिन वरिष्ठ साहित्यकार तथा लेखक भुपाल राईले ‘किरात प्राज्ञिक सत्ता निर्माण’, साहित्यकार राजन मुकारुङले ‘साहित्यमा आदिवासी साहित्यकारहरुको भूमिका’ र संघका पूर्वअध्यक्ष प्रकाश राईले ‘जनगणनामा जनसंख्याको राजनीति’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने संघका अध्यक्ष खुक्सङ खम्बु राईले जानकारी दिए।

त्यस्तै, दोस्रो दिनमा मुन्धुम अध्येता भोगिराज चाम्लिङले ‘साकेलाको गरिमा’ कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

दोस्रो दिन साकेला कविता प्रतियोगिताको अन्तिम निर्णय घोषणासहित महोत्सव समापन गरिनेछ । साकेला कविता प्रतियोगितामा भाग लिनका लागि भने संघले ७ बुँदे नियम बनाएको छ ।

कविता साकेलाको बारेमा मात्र लेख्नुपर्नेछ भने मंसिर २५ गतेभित्रमा संघको इमेलमा पठाइसक्नु पर्नेछ । कार्यक्रमका लागि संघले ३० वटा कविता छनोट गरी अन्तिम चरणको प्रतिष्पर्धाको लागि छनोट गर्नेछ ।

कविता प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेहरुले क्रमश; २० हजार, १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाणपत्र, मेडल र पुस्तकहरु पुरस्कार पाउने छन् ।

कविता प्रतियोगिताको पुरस्कारको प्रयोजन ‘राई इज किङ्ग’ क रुपमा चिनिने गायक राजेश पायल राई, अभिनेता दयाहाङ राई, कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) र साहित्यकार राजन मुकारुङले गरेको संघका अध्यक्ष खम्बुले बताए। ।

यसैगरी गायिका मेलिना राई, अभिनेत्री एलिसा राई र कलाकार समृद्धिको तर्फबाट समेत महोत्सवमा शिर उभाउनी गर्ने कार्यक्रम रहेको छ ।

यसवर्ष साकेला उधौली आगामी पुस १५ गतेदेखि सुरु हुनेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्