Logo

भारतीय विदेशसचिव हर्षबर्धन शृंगलाले शुक्रबार होटेल सोल्टीमा सम्बोधन गर्ने


काठमाडौँ — भारतीय विदेशसचिव हर्षबर्धन शृंगलाले शुक्रबार कूटनीतिज्ञ एवं अन्तर्राष्ट्रिय मामिला जानकारहरू माझ भारतको छिमेक नीति, नेपाल–भारत सम्बन्धलगायतका विषयमा सम्बोधन गर्ने भएका छन् । विदेश मामिलासम्बन्धी थिंकट्यांक एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए) को आयोजनामा विदेशसचिव शृंगलाले होटेल सोल्टीमा सम्बोधन गर्ने कार्यक्रम छ ।

‘शुक्रबार बिहान १०ः३० देखि एक घन्टा भारतीय विदेशसचिवको व्याख्यान कार्यक्रम तय भएको छ,’ एआइडिआइएका प्रमुख सुनील केसीद्वारा बुधबार जारी प्रेस नोटमा भनिएको छ, ‘शृंगलाले नेपाल–भारत द्विपक्षीय सहयोगलगायतका विषयमा सम्बोधन गर्नुहुनेछ । सार्वजनिक कूटनीति (पब्लिक डिप्लोमेसी)लाई प्रबर्द्धन गर्ने उद्देश्यद्वारा यो व्याख्यान आयोजना गरिएको हो ।’ केसीका अनुसार कार्यक्रममा थिंकट्यांक, राजनीतिक नेता, सरकारी निकाय, नेपालस्थित कूटनीतिक मिसनका प्रतिनिधि, प्राज्ञिक व्यक्ति, व्यावसायिक व्यक्तित्व आमन्त्रित छन् ।

परराष्ट्रसचिव भरतराज पौड्यालको औपचारिक निमन्त्रणामा शृंगला बिहीबार काठमाडौं आउँदै छन् । बिहीबार उनले समकक्षी पौड्यालसँग औपचारिक वार्ता गर्दै छन् भने  प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलगायतसँग शिष्टाचार वार्ता पनि बिहीबारै गर्नेछन् । शृंगलाले प्रमुख प्रतिपक्षी दल कांग्रेस, अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीका शीर्ष नेतासँग पनि शिष्टाचार वार्ता हुने कार्यक्रम छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्