Logo

ग्रेग बार्कले आईसीसीको अध्यक्षमा निर्वाचित


ग्रेग बार्कले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा निर्वाचित भएका छन् । न्युजिल्यान्डका उनले दोस्रो चरणको मतदानमा इमरान ख्वाजालाई पराजित गर्दै आईसीसीका नयाँ अध्यक्ष चयन भएका हुन् ।

अध्यक्षमा दुईतिहाइ मत आवश्यक पर्ने भएकाले दोस्रो चरणको मतदान गर्नुपरेको हो । पहिलो चरणमा बार्कलेले १० र ख्वाजाले ६ भोट पाएपछि दोस्रो चरणको मतदान भएको हो ।मतदानमा १६ भोटमा ११ भोट प्राप्त गर्दै बार्कले अध्यक्षमा निर्वाचित भएका हुन् ।

बार्कले सन् २०१२ बाट न्युजिल्यान्ड क्रिकेटको निर्देशक भएर काम गरिरहेका छन् । बार्कले सबै पद छोडेर आईसीसीको अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् ।“आईसीसीको अन्डरमा रहेका १०४ सदस्य राष्ट्रको क्रिकेट विकास मेरो मुख्य योजना छ । आईसीसी अध्यक्ष नियुक्त हुनु गर्वको कुरा हो । सबै सदस्यहरुलाई अघि लिएर क्रिकेट विकासका लागि सहयोग पुग्नेछ,” अध्यक्ष चुनिएपछि बार्कलेले भने ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्