Logo

गैंडा त’स्करको स’जाय भुक्तान गरेकाहरुलाई नै गैंडा संरक्षणमा


चितवन राष्ट्रिय निकुञ्‍जले गैंडा त’स्करको अ’भियोग लागेर स’जाय भुक्तान गरेकाहरुलाई गैंडा संरक्षणमा लाग्‍न प्रेरित गरेको छ । निकुञ्‍जमा गैंडा संरक्षणको चुनौती बढिरहेका बेला निकुञ्‍ज प्रशासनले यस अघि त’स्करमा लागेर स’जाय भुक्तान गरेका चेपाङ समुदायका केही व्यक्तिहरुलाई गैंडा संरक्षणमा प्रेरित गरेको हो ।

दशकअघि गैंडाको खाग त’स्कर गर्नेहरुले निकुञ्‍ज आसपास बस्‍ने चेपाङ समुदायका व्यक्तिहरुलाई प्रयोग गरी गैंडा मा’र्न लगाएको र सोही अभियोगमा स’जाय भुक्तान पूरा गरेका व्यक्तिहरुलाई अहिले गैंडाको संरक्षणका लागि काम गर्न प्रेरित गरिएको चितवन राष्ट्रिय निकुञ्‍जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

तत्कालीन समयमा गैंडाको चो’री-सि’कारमा एउटै गाउँका ४० जनासम्म संलग्न भएका थिए । चेपाङ समुदायका तिनै व्यक्तिहरुलाई अहिले गैंडा संरक्षणमा जुटन निकुञ्‍जले प्रेरित गरेको हो । निकुञ्‍जका प्रमख संरक्षण अधिकृत बरालले निकुञ्‍जसम्बन्धी ऐनले निकुञ्‍जमा त’स्करी गर्नेहरुलाई १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कै’दको स’जाय गरेकाले पनि त’स्करीको काममा नलाग्न आग्रह गरे ।

त’स्करमा संलग्न भएका व्यक्ति तथा उनीहरुका आफन्तहरुले भने चेपाङ समुदायका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गरे त’स्करी कम हुने बताएका छन् । विगतमा अशिक्षाका कारण त’स्करीमा प्रयोग भएको उनीहरुले बताए । त्यसैले चेतनामूलक कार्यक्रम गर्दै आयआर्जनमा प्रेरित गर्न सके त’स्करी कम हुने उनीहरुको भनाइ छ ।

आर्थिक रुपमा अ’सुरक्षित भए गैंडाको संरक्षण गर्न सम्भव नभएको पनि चेपाङ समुदायका युवाहरुले बताएका छन् । आर्थिक, सामाजिक क्षेत्रमा अब्बल हुनेतर्फ आफुहरुलाई प्रेरित गर्न निकुञ्‍ज प्रशासनसमक्ष उनीहरुले माग गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्‍जमा लगातार तीन वर्ष शून्य चो’री सिकार वर्ष मनाइएको थियो । तर यो चालु अर्थिक वर्षमा खाग चो’री नभए पनि त’स्करले चारवटा गैंडा मारिसकेका छन् । चितवन राष्ट्रिय निकुञ्‍जमा एकै वर्ष ३८ गैंडा मा’रेर त’स्करी भएको तथ्यांक छ ।

त’स्करीमा लागेका कतिपय चेपाङ अहिले कैद भुक्तान गरेर घर फर्किएका छन् भने कतिपय स’जाय भुक्तान गरिरहेका छन् । कै’द भुक्तान गरेर फर्किएका केही व्यक्तिहरु फेरि त’स्करमा संलग्न हुन थालेपछि निकुञ्‍जले गैंडा संरक्षणमा चेपाङ समुदायलाई प्रेरित गरेको हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्