बिहेको मुख्य सिजनमै सुनको मूल्य घट्न थाले

बिहेको मुख्य सिजनमै सुनको मूल्य घट्न थालेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले निकालेको तथ्यांकअनुसार सुनको मूल्य घट्न थालेको हो।
तीन दिनको बीचमा (आइतबारदेखि बुधबारसम्म) सुन प्रतितोला २ हजार ८ सय रूपैयाँले घटेको छ। साेमबार प्रतितोला ९४ हजार तीन सय पुगेको सुन मंगलबार तोलामा एकैदिन १८ सयले घटेर ९२ हजार ५ सयमा कारोबार भएको थियो।
बुधबार १ हजार रूपैयाँले घटेर ९१ हजार ५ सयमा कारोबार भएको छ। आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो मूल्य अघिल्लो दिनको भन्दा ५ रुपैयाँले कम हो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।