महोत्तरीको बर्दिबासमा नि’षेधाज्ञा लागू गरे पनि प्रदर्शन भइरहेको छ। जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्म नि’षेधाज्ञा गरी मानिसहरू भेला हुन नपाउने बताएको छ।

तर सडकमा प्रदर्शन भइरहेका छन्। प्रहरीको गो’ली लागेर घा’इते बुद्धिराज न्यौपानेको मृ’त्युपछि बिहानैदेखि प्रदर्शन झन् बढेको छ। प्रदर्शनकारीले बुधबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गमा प्रदर्शन जारी राखेका हुन्।

प्रदर्शनले गर्दा राजमार्ग ब’न्द छ। सवारी साधन चलेका छैनन्। प्रदर्शनमा प्रदेश नम्बर २ का प्रदेसभा सांसद शारदा थापाको पनि सहभागिता छ। न्यौपानेलाई शहिद घोषणा गर्नुपर्ने माग राखेर प्रदर्शन भइरहेको हो।

बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षिय बैठकले न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, आ’न्दोलनका घा’इतेलाई उपचार र राहत दिनुपर्नेलगायत माग राखेका छन्। आ’न्दोलनमा गो’ली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने तथा ६ वर्षिया बालिकाको ह’त्यारालाई कडा का’रवाही गर्न उनीहरूले माग गरेका छन्।

वार्ता गर्न समिति गठन गरिएको छ। नेपाली कांग्रेसका नेता चिरञ्जीवि हमालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन गरिएको हो। बर्दिबास नगरपालिका वडा नम्बर १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलब साह खातुनको सोमबार ह’त्या भएको थियो। उनको ह’त्यामा संलग्न रहेको आ’रोपमा एक जनालाई प्रहरीले प’क्राउ गरेको छ।