Logo

१२ औं जनगणनाः किरात जाति घट्ला कि बढ्ला ?


–निनाम कुलुङ ‘मंगले’

किरात सभ्यता विश्वकै सबैभन्दा पूरानो सभ्यताहरु मध्ये एक हो । किरात/किरातीहरु ब्रह्मपुत्र तथा गंगा (गोङवा) नदी र यसका शाखा नदी आसपास विकास भएको मानिन्छ । सुरुमा एसिया महादेशको ठूलो भूभाग (दक्षिण एसिया, दक्षिणपूर्ब एसिया, मध्य एसिया) मा किरातहरु रहेका थिए । कस्मिरदेखि पूर्व, कामरुप, भुटान हँुदै मानसरोवरको दक्षिण–पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म किरातहरु विस्तारित थिए भन्ने इतिहासकारहरुको भनाइ छ ।

किरातीहरुको ऐतिहासिकता तथा चर्चा संस्कृत साहित्यहरु जस्तै अथर्ववेद, वाल्मिकि रामायण र महाभारतहरुमा (किराती राजाहरु र जनताहरुको) उल्लेख गरेको पाइन्छ । प्राचीन संस्कृत साहित्य (ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेख) मा पनि किरात जातिको उल्लेख पाइन्छ । बौद्ध, ब्राह्मण, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि विभिन्न ग्रन्थहरु र प्राचीन वास्तुकला, शिल्पकला, लोककला, चित्रकलाहरुमा पनि किरातहरु चित्रित छन् ।

किरातीहरुको वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावली अनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावली अनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावली अनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नचार्यका अनुसार २८ पुस्ता र सुब्बा प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहलका अनुसार ३५ पुस्ता र भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरुले (काठमाडौ उपत्यकामा) राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरुमा किरातीहरुले शासन चलाइआएका थिए । हालको भारत र नेपालका भूभागहरुमा नै पनि किरातहरुको अनेक संंप्रभु सम्पन्न राष्ट्रहरु अस्तित्वमा थिए भन्ने गरिन्छ ।

यसरी कुनै वेला एसियाको ठूलो भूभागमा फैलिएको किरातीहरु पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरुको हस्तक्षेप एवम् उपनिवेशका कारण विस्थापित हँुदै आफ्नो जिमी–भूमिको साथै आफ्नो जातीय स्वपहिचान समेत गुमाउँदै सीमित भू–क्षेत्रमा मात्रै बाँकी रहे । हँुदाहँुदा अहिले आएर दक्षिण एसियाको सगरमाथा (चोमोलुङमा) क्षेत्र (हालको नेपालको पूर्वी भाग १ नम्बर प्रदेश !) को सानो भू–भागमा मात्रै आफुलाई प्रस्ट रुपमा किराती भनी चिनाउँने जातिहरु रहेका छन् । उनीहरु पनि नेपालको भगौलिक एकीकरणसँगै ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’करण गरिएका कारण असली किराती पहिचान नै ओझेलमा पर्न लागेको अवस्था छ । यसरी ‘करण !’ मा परेर आफ्नो जातीय स्वपहिचान र अस्तित्व संकटका परेका किरातीहरुमा सबैभन्दा बढी खम्बुका सन्तानहरु देखिन्छन् । जस्तै कुलुङ लगायत हाल राई ! भनी चिनिने र, असलियतमा खम्बुहरु ‘राईकरण’को मारमा परेका छन् । तर, किरातीभित्रकै लिम्बु, सुनुवार र याक्खाले भने आफ्नो जात ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ हो लेख्न छाडेका छन् । ती समुदायले ऊ वेला (नेपालको भगौलिक एकीकरणपछि) शासकहरु (शाह राजा र श्री ३ महाराजहरु) ले दिएको पदवी/पगरीलाई जातको रुपमा लेख्न छाडेका छन् । महत्वपूर्ण कुरो माथिका तीनवटै जातिका कसैले झुक्एिर वा जानाजान आप्mनो जात ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ हो भनी लेखेमा पनि उनीहरुलाई आफ्नो स्वजातीय चिनारी वा भनौं जातीय स्वपहिचानका लागि समस्या छैन । किनभने, उनीहरु आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन– २०५८ को दफा दुई (क) अनुसार आदिवासी जनजातिमा सूचीकृत भई सकेका छन् । स्मरणीय छ, सो सूचीमा हाल ५९ जातिहरु सूचीकृत छन् । तर, कुलुङ लगायत हाल राई ! भनी चिनिने र, असलियतमा खम्बुहरु भने, अझै पनि राई ! मा गाभिएको वा भनौं ‘राईकरण’को मारमा परेको अवस्था छ । कसरी त ? भन्दा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) ऐन– २०५८ को दफा दुई (क) ले तोकेअनुसार आदिवासी जनजातिमा सूचीकृत हुनलाई चाहिने विभिन्न आधाहरु हुँदाहुँदै पनि राई ! जातिमा गाभएको अवस्था छ ।

विचारणीय प्रश्न के छ भने त्यस प्रदेशमा दुई आनाका दरले घरपिच्छे कर लगाइँदैनथ्यो । बरु यो कर प्रतिपरिवार दश पैसाका दरले लगाइन्थ्यो र त्यस्तो करलाई ‘मेगचन’ भनिन्थ्यो । मेगचन ‘मेगजिन’को अपभ्रंश रुप हुन सक्दछ । संभवतः यो कर गोरखालीहरुको त्यस प्रदेशमा प्रवेश भएपछि गोलीगठ्ठाका लागि युद्धका समयमा लगाइएको कर थियो …।’ तर, अब ‘नौ लाख किरात’ मिथकमा मात्रै सीमित हुने त होइन ?

हुन त कतिपय मान्छेहरुले नपत्याउलान् पनि । तर, विसं २०५७/०५८ देखि नै खम्बुका सन्ताहरुमध्ये कुलुङ समदायका अगुवाहरुले ‘राई’ जात होइन रहेछ, त्यसैले अब हामी यो ‘राई !’ पदवी वा पगरीलाई जातको रुपमा लेख्न छाडेर आप्mनो असली जातीय स्वपहिचान कुलुङले चिनिन चाहन्छौं ! भनी आन्दोलन र जनवकालत गर्न थाल्यो । त्यसका लागि जनस्तरमा व्यापक रुपमा चेतनाको विकास र प्रचारप्रसार गर्ने काम भयो । साथै विभिन्न राजनैतिक दल र तिनका नेताहरुसँग भेटघाट र लबिङ गर्ने, उनीहरुमातर्फ आफ्नो माग सम्बोधन गर्न अनुरोध गर्ने कामहरु पनि सँगसँगै गर्यो । त्यस क्रममा राजनैतिक विभिन्न राजनैतिक जस्तै तत्कालीन नेकपा (एमाले), नेकपा (माले बामदेव (एमाले) नफर्कदा सम्म), नेपाली कांग्रेस, नेपाली कांगे्रस (प्रजातान्त्रिक) देखि सीपी (माले), नेमकिपा (नारानमान विजुक्छे), संयुक्त जन मोर्चा (चुनाव चिन्ह हँसिया हथौडा), राष्ट्रिय जन मोर्चा (चुनाव चिन्ह गिलास), राप्रपा (नेपाल) चुनाव चिन्ह गाई), राष्ट्रिय जनशक्ति पार्टी (स्वर्गीय सूबथा, चुनाव चिन्ह छाता), राष्ट्रिय प्रजातन्त्र पार्टी ((चुनाव चिन्ह हलो) लगायत सबै राजनैतिक दल र तिनका नेताहरुसँग भेटघाट गर्ने र ज्ञापनपत्र दिने, आफ्नो माग पूरा गराउन प्रविद्धता जनाउन लगाउने लगायतका कामहरु भएका थिए ।

तर, त्यसै वेला अचानक माघ १९ को घटना घट्यो । सामान्य रुपमा नेपाली राजनीति बुझ्ने सबैले थाहा पाएकै कुरो हो कि, माघ १९ को राजनैतिक घटनापछि मन्त्रीपरिषदको कार्यकारी अध्यक्ष पनि दाजै जस्तो चुप लागेर र, टुलुटुलु हेरेर नबस्ने तत्कालीन श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव नै भएका थिए । यसरी प्रतिष्ठानको दफा दुई (क) मा व्यवस्था भएअनुसार सूचीकृत हुनका लागि तत्कालीन श्री ५ को सरकार र मातहतमा रहेको स्थानीय विकास मन्त्रालय मातहत रहेको (आजउराप्र) मा फेरि पनि आफ्नो मागपत्र पेस गर्यो । तर, त्यसपछि राई यायोक्खा नामक एनजिओ समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) का हर्ताकर्ताहरुले ‘–हेर, कुलुङे ढाक्रेहरु, राजालाई जात माग्न दरबार गए !’ भन्ने नयाँ विषय पाए । तर, यायोक्खाका हर्ताकर्ता राई सर राईनी म्याडमहरु त्यति क्रान्तिकारी थिए भने उनीहरुले माघ १९ को राजनैतिक घटनापछि (आजउराप्र) को सूचीबाट आफुहरु र आफ्नो संस्थालाई हटाउनु/हट्नु पर्थेन ?

खासमा नेपालका कुनै पनि जाति (आदिवासी जनजातिहरु) ले सरकारले स्थापना गरेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत नभई आदिवासी जनजातिको मान्यता पनि नपाइने र नेपालका अन्य आदिवासी जनजातिर अन्तर्राष्ट्रिय समुदायबीचमा पनि नचिनिने हुनाले कुलुङ लगायत अन्य किरातीहरु र नेपालका अन्य धेरै जातिहरुले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन– २०५८ को दफा दुई (क) मा व्यवस्था भएअनुसार सूचीकृत हुनका लागि तत्कालीन श्री ५ को सरकार, स्थानीय विकास मन्त्रालयमा हरेक पटक नियुक्त हुने नयाँ स्थानीय विकासमन्त्री/राज्यमन्त्री कहाँ जाने र आप्mनो समस्या बताउने, सूचीकरणका लागि पहल गरिदिन अनुरोध गर्ने कामहरु धेरै पटक गर्दै आएका छन् ।

जे होस्, हाल कथित् राई ! भनेर चिनिने किरातीहरु कसरी खम्बु अनि कुलुङ, नाछिरिङ, बाहिङ, मेवाहाङ, बान्तावा, जेरो आदि भयौं ? भन्ने बारेमा इतिहासकार बाहेक हाम्रा पिर्ता–पूर्खा र पूर्वजहरुले मौखिक रुपमा भनी आएको र केही लिखित दस्तावेजहरुले पनि स्पष्ट हुन सहयोग गर्दछ कि, किरातीहरु आजको भारत, बंगलादेश, नेपाल, चीन, बर्मा, थाइल्यान्डका भूभागसम्म विकास र विस्तार भएका हुन् । भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार भारतको विकासमा किरातीहरको ठूलो योगदान रहेको छ । तर, उनीहरुको योगदानलाई इतिहासमा उल्लेख गरिएन । (किरातः इन एनसियन्ट इण्डिया) । रामायण, महाभारत, उपनिषद आदि धार्मिक ग्रन्थहरुमा समेत किरातीहरुको उल्लेख हुनुबाट पनि किराती भूमि हालको भारतको ठूलो भूभागसमेत रहेको थियो भन्ने जनाउंँछ । हाम्रा पूर्वज (बुढापाका) हरुले भन्ने गरेको कथा (जनश्रुति) तथा लिखित दस्तावेजहरुले पनि मद्रासी (तामिल), नागा, बंगलादेशका खासी, नेपालका गुरुङ, मगर, थारु, लाप्चा, मेचे, कोचे, धिमाल आदि पनि किरातका हाँगाहरु हुन् ।

त्यसो त जनकलाल शर्माले किरातहरुका बारेमा ‘हाम्रो समाज एक अध्ययन’ नामक किताबको पाना नम्बर–३१८ मा ‘नौलाख किराँत’ उपशीर्षकमा यसरी उल्लेख गरेका छन् ‘–हड्सन महोदयका अनुसार किराँतीहरुको प्रमुख शाखालाई खम्बु भनिन्छ । यिनीहरुको बसोवास भएको प्रदेशलाई कुनै समय ‘नौलाखकिराँत’ पनि भनिन्थ्यो । यस्तो नामाकरण गर्ने कारणमा हड्सन महोदय भन्छन्– “यस प्रदेशमा कुनै समय घरैपिच्छे दुई आनाका दरले कर लगाईन्थ्यो र त्यो करको संख्या नौ हजार आना पुग्दथ्यो । यसैलाई बढाएर त्यहाँका मानिसले यसलाई गाउँको संख्यामा ल्याए ।” यसको उल्लेख प्mिलट महोदयले पनि गरेका छन् । तर, विचारणीय प्रश्न के छ भने त्यस प्रदेशमा दुई आनाका दरले घरपिच्छे कर लगाइँदैनथ्यो । बरु यो कर प्रतिपरिवार दश पैसाका दरले लगाइन्थ्यो र त्यस्तो करलाई ‘मेगचन’ भनिन्थ्यो । मेगचन ‘मेगजिन’को अपभ्रंश रुप हुन सक्दछ । संभवतः यो कर गोरखालीहरुको त्यस प्रदेशमा प्रवेश भएपछि गोलीगठ्ठाका लागि युद्धका समयमा लगाइएको कर थियो …।’ तर, अब ‘नौ लाख किरात’ मिथकमा मात्रै सीमित हुने त होइन ?

त्यस्तै आगामी १२ औं राष्ट्रिय जनगणना (विसं–२०७८) मा पनि ‘हाम्रा ‘किराती महाजातिहरुको !’ जनसंख्या अरु जातजाति र भाषाभाषीको तलनामा घट्न सक्ने देखिन्छ । किनभने, ‘किराती महाजातिको !’ अत्यधिक मानिसहरु हङकङ, बेलायत, क्यानडा, अष्ट्रेलिया, अमेरिका लगायत देश बसाई सराई (पलायान) गरी रहेको देखिन्छ ।

(लेखकको निजी बिचार हो ।) थप केही जानकारी चाहिएमाः ९८४९९८५९९७, ९८६२४३६०४९, ninamkirat123@gmail.com

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्