चाडको खुशी जनतासँग खेलकुद र घरदैलोमा रम्दै अध्यक्ष तिवारी
मुन्धुमस्टार
सुभ मान्सुङ, खोटाङ
नेपालीहरुको महान चाडहरु दशैं, तिरहार, छड, नेपाल सम्वत लगायत विभिन्न खुशीयाली चाडहरु आइरहँदा हलेसी नगर वडा नं.५ का वडा अध्यक्ष रमेश तिवारी युवाहरुसँग खेलमा र अभिभावकहरुसँग घरदैलोमा गइ खुशी साटी रहेको स्थानिय शिक्षक देवान राई बताए ।

पहाडी जिल्लामा युवाहरुले अत्यधिक मनपराउने र खेल्ने भलिवलसँगै युवाहरुसँग रम्ने क्रममा नगरको वडा नं.११ रजापानीमा तथा स्थाति गाउँघरको विकासेकाम लगायत आवश्यक समसामयिक विषयहरुमा छलफल आदान प्रादन गर्न नगरको वडा नं.५ दुर्छिम गणेशटारमा स्थानियहरुसँग रमिरहेको युवा कमल राईले बताए ।

विगतका दिनहरुमा खडेरीको कारण वाली हुन नसके पनि यसपाली पानी परेपछि मकै वाहेक अन्य हिउँदे वाली ठिकै रहेको जनताहरुले बनाएको अध्यक्ष तिवारीले बताए ।



