Logo

को’भिडवि’रुद्धको भ्याक्सिन बजारमा आउनेबित्तिकै नेपालीले पनि प्रयोग गर्न पाउछ : मन्त्री भानुभक्त ढकाल


सरकारले को’भिडवि’रुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरी तयारी भएको बताएको छ । विश्व प्रति-जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुनेबित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताएका हुन् ।

उनले भ्याक्सिनको व्यवस्थापन र सहज उपलब्धताका लागि कानुन संशोधन गरेर सरकार अगाडि बढेको बताए । अहिले परीक्षणका क्रममा रहेका भ्याक्सिनहरु प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले पनि सहज रुपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेशमार्फत कानुन संशोधन गरिएको उनले बताए ।

उनले भने, ‘‘औषधि व्यवस्थापन, उपलब्धताका लागि सहज होस् भनेर कानुनी रुपमा अध्यादेशबाट औषधि आयात गर्न सहज बनाइएको छ । भ्याक्सिन सजिलै प्रयोगमा ल्याउन सकियोस् भनेर कानुनी अ’फ्ठ्यारो नपरोस् भनेर कानुनी बाटो खुला र सहज गरिएको हो ।

भ्याक्सिन अन्य देशले आफ्ना नागरिकमा प्रयोग गर्नेबित्तिकै नेपाली जनताले पनि प्रयोग गर्न सकियोस् भनेर सरकारी र गैरसरकारी तर्फबाट पहल गरिनेछ ।’’मन्त्री ढकालले कुनै एक प्रयोजनका लागि उत्पादन भएको औषधिहरु म्याद सकिएपछि पनि अर्को प्रयोजनका लागि प्रयोग गर्दा स’मस्या देखिने गरेको बताए ।

उनले तरकारी, फलफूललगायतमा प्रयोग हुने कीटनाशक औषधिका कारण पनि मानवजीवनमा विभिन्न स’मस्या देखिने गरेको बताए । मंसिर ३ गतेदेखि ९ गतेसम्म चलेको सप्ताहका अवसरमा चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

प्रतियोगितामा ललितकला क्याम्पसमा अध्ययनरत विनिता खड्का प्रथम, होप इन्टरनेसनल कलेजमा अध्ययनरत स्वस्तिमा सापकोटा द्वितीय र नेसनल स्कुल अफ साइन्समा अध्ययनरत राजकी अर्याल तृतीय भएका छन् । उनीहरुलाई नगदसहित सम्मान गरिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्