Logo

केपी ओलीको पत्र पनि लैजाऔं:माधव नेपाल


नेकपाभित्रको र’डाको अब विधिवतरूपमै तलतल पुग्ने भएको छ । बहुमत समूहले कात्तिक २८ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्ताव मातहतका कमिटीमा बहसका लागि पठाउन लागेका हुन् ।

“सचिवालयमा पेस भएका दस्तावेज पार्टी कार्यालयका तर्फबाट प्रकाशन गरिएको छ,” प्रवक्ता नारायणकाजी श्रेष्ठले  भने । बहुमत समूहले प्रदेश र जिल्ला कमिटीसम्म बहस, जानकारीका लागि दस्तावेज पठाउन लागेको बताएको छ ।

दस्तावेज तल पठाउने सन्दर्भमा माधव नेपालले सुझाव राखेका छन् । उनले दस्तावेज प्रकाशन गर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पत्रलाई पनि समावेश गर्नुपर्ने बताएका छन् ।

“पहिलो फायर केपी ओलीले बैठक बोलाउन सहमति माग गरेको पत्रको जवाफ लेखेर खोलेका हुन्, त्यो पत्र सँगै पठाउनुपर्छ भन्ने उहाँको सुझाव थियो,” नेपालनिकट स्रोतले भन्यो ।

सचिवालय बैठक ओलीको जवाफ कुरेर बसिरहेको छ । तर, दस्तावेज तल पठाएसँगै नेकपाको केन्द्रमा रहेको वि’वाद विधिवतरूपमा आधारतभूत तहसम्म विस्तारित भएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्