Logo

राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय सन्धिहरुको बारेमा प्रशिक्षण


निर्मला घलान, मकवानपुर
आदिवासी जनजाति महिला युवा संजालको समन्वयमा आदिवासी तामाङ महिला तथा युवा महिलाहरुलाई लक्षित गरी मकवानपुर जिल्लाको चुरीयामाई भोर्ले कमानेमा राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय सन्धिहरुको बारेमा प्रशिक्षण सम्पन्न गरिएको छ ।

विशेष नेपाल सरकारले राज्यमा महिलाहरुको लागी तेतीस प्रतिशत सहभागीता हुनुपर्ने भनेर नेपालको संविधान २०७२ उल्लेख गरेको छ । तर यस बारेमा आदिवासी महिलाहरुमा जानकारी छैन । साथै जनसंख्याको हिसाबले पुरुष भन्दा पनि धेरै भएको महिलाहरुलाई तेतीस प्रतिशत महिला सहभागीताले मात्रै पुग्दैन ।

राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय सन्धिहरुको बारेमा प्रशिक्षण

यसकारण आदिवासी महिलाहरुमा क्षमता र चेतनाको विकास गर्दै राज्यको नीतिगत तहमा सहभागीता गराउनको लागी महिला सशक्तिकरण कार्यक्रमको अभियान संचालन गरिरहेको संजालको अध्यक्ष रिसा श्रेष्ठले बताइन । प्रशिक्षण कार्यक्रमा २५ बढी तामाङ युवा महिला तथा महिलाहरुको सहभागीता रहेको विमला घलानले बताइन ।

आदिवासीहरुको अधिकार, महिलाहरुको अधिकार, आदिवासी महिलाहरुको अधिकार, सरकारी नीति तथा स्रोत साधन र राज्यमा कसरी महिलाहरुको सहभागीता बढाउने तथा राज्यको स्रोतमा कसरी महिलाहरुको पहुँच पुर्याउने लगायतको कार्यक्रमहरु संचालन गरिंदै आएको श्रेष्ठले बताइन ।

राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय सन्धिहरुको बारेमा प्रशिक्षण

महिलाहरुलाई राज्यले समतामूलक रुपमा राज्यमा सहभागीता नगराउनु पहिलो कुरा त महिलाहरु आफै पनि सचेत छैनन् र पुरुषहरुले पनि महिलाहरुलाई सहभागीता गराउँदा आफ्नोे भाग खोसिने भान गर्दै आएको हुनाले नेपाली महिलाहरु हरेक हिसाबबाट पछाडी परिरहेको श्रेष्ठ । महिलाहरुको अधिकारको लागी संजालले क्षमता विकासको लागी सरोकारवाला सबैसँग सहकार्य गर्दै आइरहेको श्रेष्ठले बताइन् ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्