उद्घोषण तालिम संचालन

विमला कुलुङ, संखुवासभा
आदिवासी महिला युवा महिलाहरुको क्षमता विकास अन्र्तगत उद्घोषण तालिम कुलुङ महिलाहरुलाई लक्षित गरेर संचालन गरिएको संजालका फोकलपर्सन कला कुलुङले बताइन । आदिवासी महिलाहरु आफ्नो वाक क्षमता आफुलाई कम्जोरीको रुपमा भएको थान्छन् ।

साथै सरकारी निकायहरुमा, विभिन्न निकायहरुमा आफ्नो कुराहरु राख्नु पर्दा धकाउने, लजाउने र आफ्नो राख्न नसक्ने भएको हुनाले आफ्नो अधिकारहरु स्थानिय सरकार लगायत सरोकारवाला स्थानहरुमा आफ्नो कुरा राख्ने सक्ने क्षमता विकासको लागी उक्त तालिम संचालन गरिएको मणी कुलुङले बताइन । उक्त तालिममा आदिवासी कुलुङ समूदायको २५ जना महिलाहरुको सहभागीता रहेको विना कुलुङले बताइन ।
आदिवासी महिलाहरुको क्षमता, नेतृत्व र सशक्तिकरण कार्यको लागी आदिवासी जनजाति महिला संजालले विभिन्न महिला समूहहरुसँग समन्वय गर्दै विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको स्थानिय रविना कुलुङले बताइन ।

महिलाहरुले जबसम्म आफ्नो अधिकारको बारेमा बुझेर वकालत गर्न सक्दैन, तबसम्म महिलाहरु माथि उठ्न नसक्ने हुनाले यो तालिमले केही रुपमा भएता पनि वाक क्षमताको विकास भएको एक सहभागी विर्सना कुलुङले बताइन् ।