सामूदायिक स्रोत व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न

नविना लामा, मकवानपुर
नेपालको सिमान्तकृत समूदायहरु मध्ये वाहुल्य जनसंख्या तामाङ समूदाय पनि एक मानिन्छ । तामाङ समूदायको पनि अझ महिलाहरु हरेक हिसाबले पछाडी परेका छन् ।
यसकारण तामाङ महिलाहरुमा क्षमता विकास गर्नको लागी उनीहरुले आफ्नो समूदायहरुमा परम्परागत रुपमा प्रयोग गर्दै आएको स्रोत साधनहरुको व्यवस्थापन गर्न तथा त्यसलाई व्यवस्थित गरेर स्रोत साधनको रुपमा प्रयोग गर्न, स्थानिय सरकार समक्ष पहिचान गर्न सामूदायिक स्रोत व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न गरियो ।

बेरोजगार तामाङ समूदायहरु प्राय पुरुषहरु रोजगारीको सिलसिलामा गाउँ बाहिर जाने हुनाले समूदायहरुमा महिलाहरुको मात्र वसाई बाहुल्य हुने स्थानिय पविना गोले तामाङले बताइन् ।
तामाङ एक आदिवासी समूदाय भएको तथा तामाङ समूदायहरुले आफ्नो पुर्खाको पाला देखी विभिन्न प्राकृतिक स्रोतहरुको व्यवस्थापन गर्दै जीविका निर्वाह गर्दै आएता पनि पछिल्लो समयमा वन उपभोक्ता समूहले तामाङहरुले उपभोग गरिरहेको वन जंगलहरुमा उनीहरुले प्राकृतिक स्रोतहरु उपयोग र उपभोग गर्न नपाउने नीति बनाएसँगै तामाङ समूदायहरुको परम्परागत सामूदायिक स्रोत व्यवस्थापन लोप हुँदै गएको एक सहभागी कुमारी ब्लोनले बताइन् ।

कार्यशाला गोष्ठीले कम्तिमा तामाङ समूदायहरुले परम्परागत रुपमा उपभोग गर्दै आएको जमिन, जंगलहरुलाई स्थानिय सरकारले संरक्षण गर्दै उनीहरुसँगको अधिकार बारेमा व्यवस्थापन गर्नुपर्नेमा सहभागीहरुको जोड आएको थियो ।